प्रधान्यायाधीशले राजीनामा दिनुपर्ने सर्वोच्चका न्यायाधीशहरुको निष्कर्ष

काठमाडौं। सर्वोच्चका न्यायाधीशहरुको बैठक सकिएको छ। न्यायाधीशहरुको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नै अहिलेको संकटको निकास दिनुपर्ने निर्णय लिएको छ।

न्यायाधीश मीरा खड्काको च्याम्बरमा तीन घण्टा भन्दा धेरै लामो छलफलपछि न्यायाधीशहरुले प्रधानन्यायाधीशले नै अहिलेको समस्याको निकास दिनुपर्ने निचोड निकालेका हुन्। सर्वोच्च अदालतको बेन्चसमेत अघोषित रुपमा बहिष्कार गरेका उनीहरुले यसबारेमा मंगलबार बिहान साढे ११ बजे प्रधानन्यायाधीशलाई भेट्ने भएका छन्।






