न्यूयोर्क राज्यको विधान सभाले नेपालको गणतन्त्र दिवसलाई ‘नेपाल डे’ को रुपमा मनाउने

काठमाडाैं : अमेरिकाको न्यूयोर्क राज्यको विधान सभाले नेपालको गणतन्त्र दिवसलाई ‘नेपाल डे’ को रुपमा मनाउने घोषणा गरेको छ।

अमेरिकामा रहेका नेपाली तथा नेपाली मूलका अमेरिकनहरुको पहिचान तथा सम्मान स्वरुप न्यूयोर्क राज्यले प्रत्येक वर्षको मे २९ तारिखलाई नेपाल डे को रुपमा मनाउने निर्णय गरेको हो। यो घोषणासँगै अमेरिकामा पनि नेपाली भाषा, संस्कृति एवं पहिचानले सरकारी मान्यता पाएको छ।

यसले नेपालीको पहिचान अव सरकारी तवरबाटै संरक्षित भएको छ। पछिल्लो तथ्यांक अनुसार अमेरिकामा करिव चार लाखको हाराहारीमा नेपालीको बसोबास छ। अमेरिकी राज्यसभाको यो घोषणासँगै न्यूयोर्कमा रहेका नेपालीले मे २९ लाई विशेष दिनको रुपमा मनाउने तयारी गरेका छन्।

नेपाल डे घोषणाका लागि विशेष भूमिका खेलेको नेपाल आदिवासी जनजाति महासंघ अमेरका (फिप्ना) को संयोजकत्वमा नेपाल डे २०२१ मूल आयोजक समिति निर्माण भएको छ। यो समितिमा न्यूयोर्कमा रहेका सबैजसो संघसंस्था सदस्य छन्।

आयोजक समितिले न्यूयोर्कमा पत्रकार सम्मेलन गरी ९४ सदस्यीय मूल आयोजक समिति घोषणा गरेको छ। न्यूयोर्कको क्वीन्समा आयोजना गर्न लागिएको विशेष समारोहलाई सफल बनाउन विभिन्न उपसमिति पनि गठन गरिएको छ।

समितिले न्यूयोर्कमा रहेका सम्पूर्ण नेपालीलाई उक्त दिन कार्यक्रममा सहभागि हुन आव्हान गरेको छ। ‘हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने मूल नाराका साथ मनाउन लागिएको कार्यक्रममा नेपाली महावाणिज्य दुतावास संरक्षक रहेको समितिका संयोजक लोक चेम्जोङले जानकारी दिए। न्यूयोर्कमा नेपाली पहिचानका लागि नेपाल डे परेड भने सन २०१६ देखि गर्न थालिएको थियो।

न्यूयोर्क राज्यको विधान सभाले नेपालको गणतन्त्र दिवसलाई ‘नेपाल डे’ को रुपमा मनाउने

विकास बजेटलाई कार्यान्वयन गर

न्यूयोर्क राज्यको विधान सभाले नेपालको गणतन्त्र दिवसलाई ‘नेपाल डे’ को रुपमा मनाउने

औषधि व्यवस्था विभागले भन्याे : यी स्यानिटाइजर

Leave a comment

Your email address will not be published. Required fields are marked *