कर्णालीमा पनि इन्जिनियरहरु आन्दोलित, भोली ‘पेन डाउन’

सुर्खेत । यहीँ कार्तिक ४ गते संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरधामका निमित्त आयोजना प्रमुखलाई अमानवीय दुव्र्यहार गरेको भन्दै कर्णाली प्रदेशका ईनिजनियरहरु आन्दोलित भएका छन् । इन्जिनियर राजेश कुशवाहामाथि सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्तालाई कारवाहीको माग राख्दै इन्जिनियरहरू आन्दोलनमा उत्रिएका हुन् ।

 


घटनाको विरोधमा दोषिमाथि उचित कानूनी कारबाहीको माग गर्दै नेपाल इन्जिनियर्स एसोसिएसन कर्णाली प्रदेश कार्यकारिणी समितिले सिके राउत नेतृत्वका कार्यकर्तालाई कारवाही नगर्दासम्म आन्दोलन नरोक्ने जनाएको छ । ईन्जिनियर्स एकोशिएसनका कर्णाली प्रदेश सभापति ईन्जिनियर सोनालाल यादवकाअनुसार आज विरोध प्रदर्शन गर्दै आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव झक्कप्रसाद आचार्यमार्फत मन्त्री सीताकुमारी नेपालीलाई ज्ञापन पत्र बुझाइएको छ ।

‘अवरोत्र नागरिकहरूकै काममा खटिँदा पनि यस्ता खालका अमानवीय व्यवहार गर्नु दुखद् हो,’ यादवले भने, ‘कथित पार्टीका नाममा कर्मचारी यसरी नै कुटिनेहुन् र सरकार रमिते मात्रै बन्ने हो भने सरकारले विनियोजन गरेको पूजीगत बजेट कसरी खर्च हुन्छ हामी पनि कडा आन्दोलन गरेर देखाइदिन्छौं ।’ घटनाको विरोधमा सोमबार इन्जिनियरहरुले अत्यावश्यक सेवा बाहेक कार्यस्थलमा पेन डाउन कार्यक्रम गरिने उनको भनाई छ ।

कर्णालीमा पनि इन्जिनियरहरु आन्दोलित, भोली ‘पेन डाउन’

यही सातादेखि लाइसेन्सको आवेदन खुल्दै

कर्णालीमा पनि इन्जिनियरहरु आन्दोलित, भोली ‘पेन डाउन’

अमेरिकाबाट कोभिडविरुद्धको फाइजर खोप नेपाल आइपुग्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *