रेखाको प्रश्न- ‘जनताले आफ्नो धैर्यताको सीमा तोडने बेला आएन र ?’

काठमाडौंँ । देशमा यतिबेला कोरोनाले आतङ्क मच्चाएको छ । । अस्पताल र अक्सिजनको अभावमा सर्वसाधारण छट्टपटाइरहेका छन् । कोरोना नियन्त्रणमा लाग्नुपर्ने हाम्रा राजनीतिक दलका नेताहरु अहिले सत्ता टिकाउने र हत्याउने खेलमा छन् । जसले गर्दा आम जनतामा निराशा र आक्रोश पैदा गराएको छ ।

लोकप्रिय अभिनेत्री रेखा थापाले मानवजाति र महामारी बीचको लडाईँमा आ–आफ्नो राजनीतिक स्वार्थका रोटी सेक्नु लाजमर्दो भएको बताएकी छन् । रेखाले सामाजिक सञ्जालमा एक स्टाटस् पोष्ट गर्दै अहिलेको राजनीतिक दौड आपतमा रहेको जनताको हितमा नरहेकामा दुःख ब्यक्त गरेकी छन् ।

‘देश कोरोनामा महामारीको कहाली लाग्दो आतंकमा छ । मानवजाति र महामारी बीचको लडाईँमा आ–आफ्नो राजनीतिक स्वार्थका रोटी सेक्ने लाजमर्दो दौडधूप पनि चलेकै छ’ उनले अगाडि लेखेकी छन् ‘नागरिकको जीवन रक्षा गर्नको लागि सबै दलले भोट र विश्वास त पाएकै छन् (आकार फरक होला) । प्रधानमन्त्री फेरिएर कोरोना भाग्ने होइन होला र अर्को सरकार वा चुनाव भएर पनि जमिनी यथार्त फेरिँदैनन् ।’

रेखाको प्रश्न- ‘जनताले आफ्नो धैर्यताको सीमा तोडने बेला आएन र ?’

‘चञ्चले मन’मा बालकृष्ण र गीताको स्वर

Leave a comment

Your email address will not be published. Required fields are marked *