बाँकेमा थप पाँच संक्रमितको मृत्यु

बाँके । बाँकेमा उपचाररत थप पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृतकमध्ये दुई जना दाङका र बर्दियाका तीन जना छन् । मृतक सबै पुरूष हुन् ।
जिल्ला फोकल पर्सन तेज वलीका अनुसार हालसम्म बाँके जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको संख्या २७३ र बाँके बाहिरका जिल्लाहरूबाट उपचारका लागि लगिएका थप २४५ जनाको मृत्यु भइसकेको छ।






