वरिष्ठ साहित्यकार वानिरा गिरीको निधन

काठमाडौं : वरिष्ठ साहित्यकार डाक्टर वानिरा गिरीको निधन भएको छ। ७५ वर्षिया गिरीको निधन आइतबार राति १० बजे भएको साहित्यका नरेन्द्र प्रसाईंले जानकारी दिए।

२० दिनअघि कोरोनासंक्रमण देखिएकी गिरीको निधन हृदय घातले भएको जनाइएको छ। आइतबार नयाँबानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा उनको निधन भएको हो।

विगत ३ वर्षदेखि उनी अल्जाइमर रोगले पीडित थिइन्। उनी पीएचडी गर्ने पहिलो महिलाको रुपमा परिचित थिइन्।

कवि गोपालप्रसाद रिजालमाथि शोध गरेबापत उनले त्रिभुवन विश्वविद्यालयबाट उपाधि प्राप्त गरेकी थिइन्। उनका श्रीमान, एक छोरा र एक छोरी छिन्।

वरिष्ठ साहित्यकार वानिरा गिरीको निधन

जुम्लाको हिमा गाउँपालिका ४ मा स्वास्थ्य किल्निकको

वरिष्ठ साहित्यकार वानिरा गिरीको निधन

कार्टुन : चसक्क

Leave a comment

Your email address will not be published. Required fields are marked *