नेत्रहिनका सवालमा जनप्रतिनिधि र कर्मचारीविच अभिमुखिकरण

दुर्गा विसी
सिम्ता, ११ माघ ।
सुर्खेतको सिम्तामा “दृष्टिविहीन नागरिकहरुको अवस्था, सवालहरुको विषयमा जनप्रतिनिधि र कर्मचारीहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । एनएबि डिएबी सुर्खेत प्रोजेक्टको आयोजनामा सुर्खेत नेत्रहीन संघ सिम्ता गाउँपालिकाको आयोजनामा सो कार्यक्रम भएको हो । सिम्तामा दृष्टिविहिन नागरिकहरुको अवस्था र तिनिलाई हेर्ने नजरको वारेमा व्यापक छलफल गरिएको छ ।

दृष्टिविहिन नागरिकले पाउने स्याहारसुसार तथा स्थानीय सरकारबाट उनिहरुको जीवन यापनमा सहजिकरणका लागि के कस्तो प्रयास हुने गरेका छन भन्ने विषयमा समेत छलफल चलाएको थियोे ।सिम्ता गाउँपालिका सुर्खेत नेत्रहिन संघका शाखाका अध्यक्ष चेतन सुनारको अध्यक्षता भएको कार्यक्रम ,सिम्ता गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला शाहीको प्रमुख आतिथ्यता रहेको थियोे ।

त्यसै गरि सिम्ता गाउँपालिकाका प्रमुख प्रशासक अधिकृत टोपबहादुर राना,सिम्ता गाउँपालिकाका ९ वटै वडाका वडा अध्यक्षहरु, सिम्ता गाउँपालिकाका विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधिहरु, सिम्ता गाउँकार्यपालिकाका सदस्य, ९ वटै वडाका वडासचिव,सुर्खेत नेत्रहीन संघका अध्यक्षतोरण अधिकारी उपस्थिति रहेको थियोे ।

नेत्रहीन संघ सुर्खेतका उपाध्यक्ष योगेन्द्र शाहीको स्वागत मन्तव्य, एनएबिरडिएबी सुर्खेत परियोजना संयोजक रविन्द्रकुमार चन्दले प्रशिक्षण तथा कार्यक्रमको वारेमा सहजिकरण गर्नु भएको र सञ्चालन सामाजिक परिचालिका झरना रानाले गर्नु भएको जनाएको छ । हाल नेत्रहिनहरुको अवस्था उनीहरुले पाउने सेवा सुविधाको हालको अवस्था कस्तो छ कसरी सहजिकरण गर्न सकिन्छ भनेर समस्याको निराकरणका उपायबारे खोजी गरिएको थियोे ।

नेत्रहिनका सवालमा जनप्रतिनिधि र कर्मचारीविच अभिमुखिकरण

YUGAAWHAN NATIONAL DAILY (2077-10-10)

नेत्रहिनका सवालमा जनप्रतिनिधि र कर्मचारीविच अभिमुखिकरण

सुर्खेतका सरकारी कार्यालयमा महिला नेतृत्व : बढ्दै

Leave a comment

Your email address will not be published. Required fields are marked *