कृषकको पेटमा प्रकृतिले समेत लात हान्यो

दशैंको दुवादशी ( आइतबार) बाट लगातार ३ दिन परेको पानीले काटनै लागेको र काटेकोधान नष्ट गरेर कृषकको पेटमा प्रकृतिले समेत लात हानेकोछ । यद्यपि हावा हुरी बतास र पानी अनि नदीका तटियक्षेत्रमा आउने बाढीशीत सतर्क रहन जलतथा मौशम विज्ञान विभागले समयछँदै ३ दिन अघिनै सूचना गर्यो । तर त्यो सूचनालाई सबै माझ प्रवाह गर्ने जिम्मेवारी कसैले सम्झेन ।

कतिले त सुचना सुनेर पनि अटेर गरे होलान भने कतिले कात्तिक लाग्नै लाग्दा आउने पानीले यस्तो वितण्डा मच्चाउला भनेर कसैले विश्वासै गरेन त्यसकारणनि शुक्रबारदेखि काटिएका धान खेतका खेतमै रहे । ३ दिनको बाढिले देशभर अरबौँ रुपैयांको धान बगाएर लग्यो । करिब डेढसय मान्छेको मृत्यु भयो ।

भकारीमा पुग्दापुग्दैको धान ३ दिनको भेलले बगाएर लगेछि त्यहि अन्न खाएर बर्षदिन गुजार्ने र ओरापरि गर्ने किसान कोरोनाको महामारी महंगी र वेरोजगारीले थिचिएका बेला अब विहान के खाउँ र बेलुका के खाउँको स्थितिमा पुगेकाछन । नेपालको सरकारले राहत देला र खाउँला भन्ने कुरा त यश अघि आएको भुकम्प र बाढि पहिरोको घटनाले देखाई सकेकोछ ।

भुकम्पपिडित र बाढि पिडित हुँदाका बखत देखि सरकारतिर आश लगाएको ८ बर्ष वितिसक्दासमेत नत सरकारी मान्छे आयो न राहत आयो त्यसैले यो सरकारका प्रधानमन्त्रीले नि जति हेलिकप्टर दौडाएनि र आश्वासन बाँडेनि किसान सरकारले राहत दिन्छ भन्ने कुराँ विश्वास मान्दैनन । त्यसमै पनि प्रधानमन्त्री जानू पर्ने ठाँनि नगाको र गाको ठाँनि आलोचनामात्रै गर्या सुनिएकोले । राहतै पाएनि क्षेतिनभा माओवादि र मधेसीदलका २्४ वटा नेता कार्यकर्ताले राहत पाउलान तर खास किसान भने सरकारसम्म पुग्नै सक्दैन । त्यसैले यो हेलिकप्टर उडनु नउडुशीत कुनै मतलव नै छैन ।

कृषकको पेटमा प्रकृतिले समेत लात हान्यो

आयरल्यान्डलाई पराजित गर्दै नामिबिया शीर्ष १२ मा

कृषकको पेटमा प्रकृतिले समेत लात हान्यो

सम्पर्कविहीन शेर्पा खोज्न थप जनशक्ति परिचालन

Leave a comment

Your email address will not be published. Required fields are marked *