अमेरिकाले आगामी वर्षबाट थप ५० करोड खोप बाँड्ने

काठमाडौं । अमेरिकाले आगामी वर्षबाट विकशीत मुलुकहरूलाई थप ५० करोड फाइजर खोप बाँड्ने जनाएको छ।
संयुक्त राष्ट्रसंघको महासभाको समय पारेर आयोजना गरिएको एउटा भर्चुअल कोभिड–१९ सम्मेलनमा राष्ट्रपति जो बाइडनले अमेरिकालाई खोप शक्ति बनाउने प्रतिबद्धता जनाएका छन ।

योसहित अमेरिकाले सहयोग गर्ने खोपको संख्या १ अर्बभन्दा बढी हुनेछ । यसअघि राष्ट्रपति बाइडनले ५८ करोड मात्रा खोप दान दिने बाचा गरेकामा वासिङ्टनले अहिलेसम्म १६ करोड खोप देशबाहिर बाँडिसकेको छ ।


विज्ञहरूका अनुसार विश्वको ७० प्रतिशत जनसंख्यालाई खोप दिनका लागि ११ अर्ब मात्रा खोप आवश्यक पर्नेछ। विश्व स्वास्थ्य संगठनले सन् २०२१ भित्रै हरेक देशमा कम्तीमा ४० प्रतिशतले खोप लगाउने लक्ष्य राखेको छ। तर खोप उत्पादन र वितरणमा भएको ढिलासुस्तीले विश्व स्वास्थ्य संगठनको यो लक्ष्य पूरा हुनेमा आशंका छन ।

राष्ट्रपति बाइडनले खोप वितरणका व्यवस्थापकीय चुनौतीलाई सम्बोधन गर्न समेत थप रकमको घोषणा गरेका छन् । उच्च आय भएका देशहरूले आफ्ना आधाभन्दा धेरै जनसंख्यालाई कम्तीमा एक मात्रा खोप दिएको अक्सफर्ड विश्वविद्यालयको तथ्यांक छ । तर कतिपय न्यून आय भएका देशमा २ प्रतिशतले मात्र पहिलो मात्रा खोप लिन सकेका छन् ।

अमेरिकाले आगामी वर्षबाट  थप ५० करोड  खोप बाँड्ने

राष्ट्रिय प्रजातान्त्र पार्टीको नगर स्तरिय भेलामा ७५

अमेरिकाले आगामी वर्षबाट  थप ५० करोड  खोप बाँड्ने

सुनको मूल्य ५०० रुपैयाँ घट्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *