राष्ट्रिय प्रजातान्त्र पार्टीको नगर स्तरिय भेलामा ७५ वढिले पार्टी प्रवेश गरे

दुर्गा विसिर आश्विन, ७ : राष्ट्रिय प्रजातान्त्र पार्टीले बनगाड कुपिण्डे नगर स्तरीय भेला आयोजना गरेको छ । बुधबार भएकाे भेलामा विभिन्न झाँकी,नित्य प्रस्तुत गरिएको थियोे । कार्यक्रम वोल्ने अधिकांश नेताहरुले गणतन्त्रले जनताको सास निमोठोके आरोप लगाए । देशमा यतिखेर चर्को कर,भ्रष्टाचार,अनियमितता हावि भएको वताए । गणतन्त्रका नाममा जनता लुट्ने यी प्रमुख पार्टीहरु यतिखेर आफ्ना आसेपासे,नातागोतालाइ समेत अकुत राज्यकोषबाट भ्रष्टाचार गर्ने कुरामा यी देशका प्रमुख पार्टी एमाले,माओवादि र कांग्रेस लागि परेको जनाए ।
देशका प्रमुख पार्टीहरुलाइ राप्रपा नेताहरुले गम्भीर आरोप लगाएका छन्।गणतन्त्रवादिहरुको हविगत देखि सक्नु भयो अब एक पटक राप्रपालाई देशको सासना सुम्पिने गरि स्थानीय तह,प्रदेश र संघमा मतदान गर्न उनिहरुको अपिल रहेको छ ।राप्रपाका चर्चित विकासमा अब्बल नेता धवललाई हेर्न धेरै मास जम्मा भएको थियोे । यही क्रममै राप्रपाले नेकपा एमाले,माओवादि,नेपाली कांग्रेसबाट थुप्रै मान्छे प्रवेश गराएको छ ।  वडा ७,१ र ५ बाट धेरै एमालेका व्यक्तिहरु राप्रपा प्रवेश गरेका छन् ।


राप्रपा जिल्ला कार्य समिति सदस्य वालाराम शर्माले दिएको जानकारी अनुसार ५० वढिले राप्रपा प्रवेश गरेको जनाए ।अधिकास एमालेका कार्यकर्ताले एमाले पार्टी छोडेर राप्रपा प्रवेश गरेका छन् ।देशमा राजा सहितको हिन्दु राष्ट्र हुनुपर्ने उनिहरुको जोडदार माग रहेको छ ।
भेलालाई राप्रपा केन्द्रीय निर्देशक समिति सदस्य डाक्टर धवल समशेर राना,पुर्व मन्त्री प्रेमवहादुर भण्डारी,कुन्ति शाहि,केन्द्रीय कार्य सम्पादन समिति सदस्य हिक्मत बहादुर भण्डारी,प्रदेश कमिटी सदस्य शिला वुढाथोकि,प्रदेश उपाध्यक्ष दिनेश सिंह ठकुरी,राष्ट्रिय प्रजातान्त्र पार्टीका जिल्ला अध्यक्ष नेत्रला श्रेष्ठ,केन्द्रीय कमिटी सदस्य ऋृषिराज देवकोटा लगाएतका वक्ताहरुले सभालाई सम्वोधन गरेका थिए । नगर अध्यक्ष डिल्ली रानाको सभा अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वालाराम शर्माले गरेका थिए ।पार्टी प्रवेश गराउदै नव प्रहरीलाई स्वागत गर्दै नेता धवल,भण्डारी र श्रेष्ठले अब बनगाडलाइ राप्रपा मय वनाउन अह्वान गरेका छन् ।

 

राष्ट्रिय प्रजातान्त्र पार्टीको नगर स्तरिय भेलामा ७५ वढिले पार्टी प्रवेश गरे

YUGAAWHAN NATIONAL DAILY (2078-6-07)

राष्ट्रिय प्रजातान्त्र पार्टीको नगर स्तरिय भेलामा ७५ वढिले पार्टी प्रवेश गरे

अमेरिकाले आगामी वर्षबाट थप ५० करोड खोप

Leave a comment

Your email address will not be published. Required fields are marked *