सेयर बजारमा एकैदिन दुई नयाँ कीर्तिमान

काठमाडौं : सेयर बजारले फेरि इतिहास रचेको छ। सेयरको दोश्रो बजारको मापक नेप्से परिसूचक ३२.८१ अंकको बढोत्तरीसँगै ऐतिहासिक उचाई २८२० मा पुगेको छ।

नेप्सेले चुमेको यो हालसम्मकै कीर्तिमानी उचाई हो। नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरी पराजुलीले आइतबार नयाँ रेकर्ड कायम भएको पुष्टि गरे। कीर्तिमानी उचाईमा पुगेको बजारमा आइतबार अरु दुई नयाँ रेकर्ड समेत बनेका छन्। तीमध्ये एउटा रेकर्ड दिनभर कारोबार भएको कुल कित्ता हो भने अर्को कुल बजार पूँजीकरण हो।

आज बजारमा दुई करोड ५१ लाख ६३ हजार ६ सय ६० कित्ता सेयरको किनबेच भयो। यो पनि कीर्तिमान हो। यसअघि गत बिहीबार २ करोड ५१ लाख २१ हजार पाँच सय ५४ कित्ता कारोबार भएर कीर्तिमान बनेको थियो। त्यो रेकर्डलाई आजको बजारले तोडिदिएको हो।

आइतबार पौने १२ अर्ब रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ। दोस्रो ठूलो सर्वाधिक कारोबार रकमको रेकर्ड समेत बनेको छ। यस अघिको सर्वाधिक कारोबार रकमको रेकर्ड ११ अर्ब ९५ करोड रुपैयाँ रहेको छ। आज विकास बैंक र फाइनान्स समूहमा उछाल आयो।

उछालको गतिमा यी समूहका उपसूचक दौडिँदा कतिपय कमजोर कम्पनीका लगानीकर्ता समेत मालामाल बनेका देखिए। आइतबार कारोबार खुलेको १० मिनेट नबित्दै करिब ५० अंकले नेप्से परिसूचक घट्यो। त्यसपछि सम्हालिएको परिसूचक कारोबार बन्द हुँदासम्म ३२ दशमलव ८१ अंकले बढेर २ हजार ८ सय २० मा पुगेको छ।

सेयर बजारमा एकैदिन दुई नयाँ कीर्तिमान

संक्रमितलाई परामर्श दिन उपमेयर ढकाल दैलोदैलोमा

Leave a comment

Your email address will not be published. Required fields are marked *