५ किमि कालाेपत्रे हुन ५ बर्ष लाग्यो, अझै काम सम्पन्न हुनेमा आशंका कायमै

दुर्गा विसि
सल्लि रुकुम चौहरजारी सडक खण्डको काम यतिखेर अघि बढिरहेकाे छ । काेराेना कहरले दुई वर्ष यता काममा वाधा पुर्याए पनि यसपटक भने ठेकेदारले कामलाई पुर्णता दिने बताए ।
डिभिजन कार्यालय रुकुम चौहरजारीबाट करिव ५ किलोमिटर र भौतिक पुर्वाधार कार्यालय सल्यानबाट डेढ किमि सडक पिचकाे काम यहि आर्थिक वर्षमा सम्पन्नता गर्ने विशाल निर्माण सेवाका प्रमोद श्रेष्ठले बताए ।
विभिन्न वहाना र कामकाे जिम्मेवारी लिदै विचमा छाड्दै गर्दा ५ वर्ष अघि सुरु भएको याेजना अहिलेसम्म सम्पन्न हुन सकेको छैन । यतिखेर भने निर्माण कम्पनीले काममा ताकेता दिए जस्तो गरेको छ ।गत वर्ष काेभिडकै कारण अवरुद्ध काम याे पालि भने अघि वढ्ने संकेत देखिन्छ ।
५ वर्ष ५ किमि सडक पिचको कामले तादारुकता नपाउदा आवतजावतमा स्थानीयले दुख खेपिरहेका छन्। आव २०७२/०७३ मा सडक डिभिजन कार्यालय र थेगिम जेभि गाल्भाका नरहरि थपलिया विच २०७४ मा सम्पन्न गर्ने गरि ११ करोडौंकाे टेण्डर ९ करोडौंमा काम हुने गरि सम्झौता भएको थियोे ।

तर विडम्बनापूर्ण करिव ४ भन्दा वडि निर्माण कम्पनीका प्रतिनिधिले काम सुरु गर्दै छाड्दै गरेको काम अहिले विशाल निर्माण सेवा कम्पनीले पूरा गर्दै छ । उक्त सडकलाई पनि संघीयताले समस्या वनायाे ।सडक डिभिजन कार्यालय दाङले हेरकाे सडक पुन कर्णाली प्रदेश रुकुम पश्चिम चौहारजारिमा रहेको सडक डिभिजन कार्यलयकाे जिम्मेवारीमा आउदानै ढिलाइ भयो ।
सडक लथालिङ्ग हुनुमा राज्यको पुनर्संरचना र मुख्य ठेकेदार थपलियाका लापरबाही भएको स्थानीयकाे भनाइ रहेको छ । थपलियाले राम्रो मान्छेलाई जिम्मेवारी नदिएका कारण काममा ढिलाइ भएको र काम नगर्ने,लापरबाही गर्ने थपलियाका फर्मलाइ समेत सडक डिभिजनले कारवाहि नगर्दा ४ वर्ष अघि सम्पन्न हुने काम अहिलेसम्म पूरा हुन सकिरहेको छैन ।
हाल आएर कामकाे ताकेता भने वढेकाे छ ।सल्लि रुकुम चौहारजारी सडक खण्ड ट्र्याक खाेलिएको झण्डै १७ वित्दै छ । अझै ४१ किमि सबै स्थान स्तरवृद्दि हुन सकिरहेको छैन ।सडक भने निकै जाेखिम छ ।






