युवा व्यवसायी राजु केसीद्धारा रुकुमपश्चिम अस्पताललाई दुई लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण

प्रचण्ड खत्री

रुकुमपश्चिम । युवा व्यवसायी नेपाली काँग्रेस रुकुमका महाधिबेशन प्रतिनिधि राजु केसीले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा सहयोग पुग्ने उद्देश्यले रुकुम पश्चिममा २ लाख बराबरको सहयोग गरेका छ्न ।

मुसिकोट नगरपालिका वडा नं १ खलंगा घर भई हाल काठमाडौमा रहेका आरटी ट्रेडर्स प्रालि का सञ्चालक समाजसेवी केसीले आज स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमलाई स्वास्थ्य सामाग्री र सहायता फाउण्डेशनको कोषमा रकम जम्मा गरेर सहयोग उपलब्ध गराएका हुन ।

जिल्लामा कोरोना संक्रमितको दर दैनिक बढेको र एन्टिजीन किटको अभावका कारण परिक्षणको दायरा कम भएपछि उनले स्वास्थ्य सेवा कार्यालयलाई सहयोग गरेको बताए । उनले आज एन्टिजिन परिक्षण किट २ सय थान, सर्जिकल फेस मास्क २ हजार ५ सय थान, अक्सोमिटर १२ थान समाजसेवी शिवराम खत्री मार्फत कार्यालयलाई हस्तान्तरण गरेका हुन । यी सामाग्रिहरुको मुल्य १ लाख ६१ हजार ४ सय ९९ रहेको केसीले बताए ।

त्यसैगरी उहाँले आजै कोरोना संक्रमण न्यूनीकरणमा सहयोग पुर्याउने हेतुले रुकुम पश्चिममा सञ्चालन गरिएको सहायता फाउण्डेसनको खातामा ३८ हजार ५ सय रकम जम्मा गरेका छन । यसका साथै उहाँले जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमलाई पनि ५ सय थान सर्जिकल माक्स र १ वटा अक्सोमिटर समाजसेवी शिवराम खत्री मार्फत प्रदान गरेका छन ।

तिवेला विश्वव्यापी कोरोनाको महामारीमा देश र जनता जुधिरहेको अवस्थामा आ९आफ्नो तह र तप्कावाट सहयोगमा जुटौं र जुटाऔं भन्ने उद्धेश्यले आफ्नो तर्फबाट सहयोग गरेको केसीले बताए । उहाँले हालको यो महामारीको परिस्थीतिमा सम्पुर्ण देशवासीहरुमा कोरानो विरुद्ध लड्ने क्षमता वढोस् भन्दै सम्पुर्ण देशवासीहरुलाई सुरक्षित रहन समेत अनुरोध समेत गरेका छन ।

रुकुम पश्चिममा कोरोना रोकथाम तथा नियन्त्रणका लागि एक जना व्यक्तिद्धारा ठुलो सहयोग प्रदान भएको यो पहिलो हो । केसीले विपद लगायत अन्य समयमा पनि जिल्लामा सहयोग गर्दै आएका छ्न ।

युवा व्यवसायी राजु केसीद्धारा रुकुमपश्चिम अस्पताललाई दुई लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण

५ किमि कालाेपत्रे हुन ५ बर्ष लाग्यो,

युवा व्यवसायी राजु केसीद्धारा रुकुमपश्चिम अस्पताललाई दुई लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण

शिव र रचनाको नयाँ गीत ‘सुनको चन्द्रमा’

Leave a comment

Your email address will not be published. Required fields are marked *