मौसम बिग्रिँदा चीनमा २१ धावकको मृत्यु

एजेन्सी । पश्चिमोत्तर चीनको एउटा पहाडी भेगमा अचानक मौसम बिग्रिएपछि एउटा क्रस-कन्ट्री दौड प्रतियोगितामा सहभागी भइरहेका कम्तीमा २१ जनाको मृत्यु भएको छ।

सरकारी सञ्चारमाध्यमका अनुसार शनिवार येलो रिभर स्टोन फरेस्टमा आयोजित प्रतियोगिताका बेला तीव्र वेगको हावासहित कठ्याङ्ग्रिने गरी वर्षा भएको थियो।

सय किलोमिटर दूरी भएको दौडमा १७२ धावक सहभागी थिए। तर तीमध्ये केही हराएपछि प्रतियोगिता रोकिएको थियो।

खोजी तथा उद्धारका लागि परिचालित टोलीहरूले आइतबार २१ वटा शवहरू फेला पारेका हुन्‌। राति पहाडी क्षेत्रमा तापक्रम घटेको हुँदा खोजी कार्य कठिन भएको चीनको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

उद्धारमा १,२०० जनाभन्दा बढी मानिस परिचालन गरिएको बीबीसीमा उल्लेख छ। सहभागी धावकमध्ये १५१ जना जीवित फेला परेको अधिकारीहरूले पुष्टि गरेका छन्। तीमध्ये आठ जनालाई चोट लागेको छ। ​बाइयिन नगरका प्रमुखका अनुसार घटनाबारे छानबिन गर्न एउटा विशेष समूह गठन गरिएको छ।​

मौसम बिग्रिँदा चीनमा २१ धावकको मृत्यु

भारतीय भेरियन्ट लेखिएका पोस्ट हटाउन सरकारको निर्देशन

मौसम बिग्रिँदा चीनमा २१ धावकको मृत्यु

५ किमि कालाेपत्रे हुन ५ बर्ष लाग्यो,

Leave a comment

Your email address will not be published. Required fields are marked *