भारतीय भेरियन्ट लेखिएका पोस्ट हटाउन सरकारको निर्देशन

एजेन्सी । भारत सरकारले कोरोनाको भारतीय भेरियन्ट लेखिएका र यसप्रति संकेत गरिएका सबै पोस्टहरु सामाजिक सञ्जालबाट हटाउन सम्बन्धित कम्पनीलाई निर्देशन दिएको छ।

भारत सरकारको सूचना मन्त्रालयले विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको बी १.६१७ भेरियन्टलाई भारतीय भेरियन्ट नभनेकाले यसलाई भारतीय भेरियन्ट भन्न नमिल्ने तर्क गर्दै यस्ता पोस्टहरु हटाउन निर्देशन दिएको हो ।

कोरोना भाइरसको भेरियन्टलाई सबैभन्दा पहिले कहाँ भेटियो त्यसको आधारमा भेरियन्टको नाम दिने गरिन्छ। बेलायती भेरियन्ट र ब्राजिलमा देखिएको भाइरसको भेरियन्टलाई पनि स्थानीय नाम दिइएको थियो ।

पछिल्लो महिना भारत सरकारले सामाजिक सञ्जाल कम्पनीहरुसँग कोरोना महामारीबाट मुक्त हुनको लागि सरकारको आलोचना गरिएको पोस्ट हटाउन भनेको थियो ।

समाचार एजेन्सी पीटीआईका अनुसार आदेशमा भनिएको छ–कम्पनीहरुले आफ्नो प्लेटफार्मबाट ती सबै कन्टेन्टलाई तुरुन्त हटाऊन्, जहाँ कोरोना भाइरसको भारतीय भेरियन्टको नाम प्रयोग गरिएको छ वा भारतीय भेरियन्टतर्फ इसारा गरिएको छ ।

भारतीय भेरियन्ट लेखिएका पोस्ट हटाउन सरकारको निर्देशन

मौसम बिग्रिँदा चीनमा २१ धावकको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *