बलिउडका चर्चित संगीतकार श्रवण राथौडको कोरोनाबाट निधन

एजेन्सी । बलिउडका चर्चित संगीतकार श्रवण राथौडको कोरोना संक्रमणबाट मृत्यु भएको छ । ६६ वर्षीय श्रवणको बिहीबार राति मुम्बईस्थित रहेजा अस्पतालमा मृत्यु भएको हो ।

केही दिनअघि कोरोना भाइरसबाट संक्रमित भएका श्रवणको स्वास्थ्य अवस्थामा सुधार नभएपछि रहेजा अस्पतालमा भर्ना गरिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको इन्डियन एक्सप्रेसले जनाएको छ। भारतमा संक्रमण भयावह बन्दै जाँदा कोरोनाकाे चपेटामा उच्च पदस्थ व्यक्ति पनि पर्न थालेका छन् ।

सन् १९९० को दशकमा साजन, सडक, आशिकी, दिवाना, दिल है की मानता नहीँ, राजा हिन्दूस्तानीलगायतका दर्जनौं फिल्ममा श्रवणले संगीत दिएका थिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *