घुँयत्राे : हैन अख्तियारको (स्टिङ्ग अपरेशन)

हैन अख्तियारको (स्टिङ्ग अपरेशन) आफैले रकम दिएर त्यसकै आधाराँ पक्राउ गरेर अदालताँ मुद्दा दायर गर्ने जुन खेलखण्ड थ्यो, त्यो त संविधान र कानून विपरित भो । यस्तो गर्न पाइन्न भनेर बुधबार मात्रै सर्वोच्च अदालतले निर्णय ग¥यो त हँ ।

यो निर्णयपछि अदालताँ प¥या करिब ५०० मुद्दा खारेज हुने मात्रै हैन कि करिब हजार जना जतिले सफाइ पाउने भए त । अख्तियाराँ तहल्का मच्चाएर बस्या मुख्य आयुक्त कार्कीकै खेलामेलोमा स्टिङ्ग अपरेशन चलेर सानोतिनो तहको कर्मचारी मुद्दा जाक्किने ठूला मान्छे उत्रने जुन खेलथ्यो, त्यो खेल समाप्त भएछि साँच्चिकै अपराधिहरुले नि उन्मुक्ति पो पाउने भए एैन बाझिया कारण ।

ल अब यो देशाँ त्यसैत ठूला भष्टाचारीलाई कारबाही हुन्थेन । सानालाईसम्म हुन्थ्यो । अब अदालतको फैसलापछि त सानालाई नि भष्टाचार नलाग्ने भो । मुलुक आँफैमा भष्टाचारले डुङ्गडुङ्गति गन्हाथ्यो ।

अदालतले समाउने प्रक्रिया नै गलत र गैरकानूनीभनेछि त अख्तियारका कर्मचारी अब दिनभरि झिङ्गा धपाउने बस्ने त होलानी ।

विचरा अख्तियारका कर्मचारी, भष्टाचारी समातियो कि बार्गेनिङ्ग आहारा भेट्टियो भनेर मन प्रफूल्लित बनाएर बस्थे । कमाइ कजाइको श्रोत भनेकै स्टिङ्ग अपरेशन थ्यो ।
अब त्यैलाई नी गैरकानूनी घोषणा गर्देछि केका लागि अख्तियारको कार्यालयाँ जागिर खाने हो त नी ।

गैरकानूनी रुपाँ मुद्दा चलाएर सजाय ब्यहोर्नु प¥या मान्छेले बरु क्षतिपूर्ति कसाट भराइ पाउने रैछन् । अदालतले त्यो विषया बोले होलाकी बोल्या छैन होला ? जे होस ओलीबाका पालाँ अदालतले नि गज्जव गज्जवका मुद्दा फैसला गर्न पाछ ।

त्यसैले त ओलीबाले लोकप्रिय सरकार भन्दै कुरिला मार्दै गर्न थाल्याछन् । लौ ओलीबा जेजे गर्ने हो दिन तपाइँकै छन् । सरकार तपाइँकै छ । भष्टाचारी तह लाउने नलाउने तपाइँकै हाताँ ।

वेदर्षि

घुँयत्राे : हैन अख्तियारको (स्टिङ्ग अपरेशन)

बालुवाटार बैठकको निष्कर्ष : स्पष्टीकरण तुलनात्मक रुपमा

घुँयत्राे : हैन अख्तियारको (स्टिङ्ग अपरेशन)

इन्डोनेसियामा ५३ सैनिक सहित बेपत्ता नौसैनिक पनडुब्बीको

Leave a comment

Your email address will not be published. Required fields are marked *