नेपाल समूहले पेश गरेको ओलीविरूद्धको रिट दर्ता, पेशी आइतबार

नेकपा एमालेका नेता माधवकुमार नेपालसहित कारबाहीमा परेका नेताहरूले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीविरूद्ध सर्वोच्च अदालतमा पेश गरेको रिट दर्ता भएको छ ।

सर्वोच्च अदालतका रिट महाशाखा प्रमुख बाबुराम दाहालले हिजो पेश भएको रिट आज दर्ता भएको बताए । यो रिटको पेशी आइतबार तोकिएको छ।

केन्द्रीय कमिटी खारेज गरेर महाधिवेशन कमिटी बनाउने, आफूहरूमाथि कारबाही चलाउने अध्यक्ष ओलीको निर्णय पार्टी विधान र कानुनको समेतविपरीत भएको भन्दै उनीहरू सर्वोच्च गएका हुन् ।

‘फागुन २८ गतेको कथित निर्णय, सो निर्णयका आधारमा गरिएको अन्तरपार्टी निर्देशन, हामीलाई गरिएको र गर्न लागेको भनिएको कारबाही, पार्टी विधानको संशोधन, कार्यविभाजन, बाधा अड्काउ फुकाउने आदेशसमेत प्रारम्भदेखि नै गैरकानुनी दुराशययुक्त, नेपालको संविधान र राजनैतिक दलसम्बन्धी ऐनविपरीत भएकाले बदर गरिपाऊँ,’ उनीहरूको रिटमा उल्लेख छ, ‘एमाले पार्टी त्यसको विधान र नवौं राष्ट्रिय महाधिवेशनद्वारा निर्वाचित केन्द्रीय कमिटिलाई पूर्ववत रूपमा कामकाज गर्न दिनू दिलाउनू भन्ने परमादेश जारी गरिपाऊँ।’

आफूहरू लगायत २७ जना नेता कार्यकर्ता र प्रतिनिधिसभा सदस्यहरूलाई गर्न लागिएको कारबाहीलाई रोक्न आदेश दिन पनि उनीहरूले माग गरेका छन् ।

कर्णालीमा ८७ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल समूहले पेश गरेको ओलीविरूद्धको रिट दर्ता, पेशी आइतबार

कर्णालीका चार सांसदको पद रिक्त गराउने एमालेको

Leave a comment

Your email address will not be published. Required fields are marked *