सरकार र जसपाबीच वार्ता निष्कर्षविहीन, अर्को वार्ता अनिश्चित

वार्ताका लागि बालुवाटार पुगेका जनता समाजवादी पार्टी (जसपा) का नेताहरु पुनः निराश फर्किएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ताका लागि मंगलबार उनीहरुलाई बालुवाटार बोलाएका थिए ।

वार्तामा आफूहरुको कुरा नमिलेको वार्तामा सहभागि जसपाका नेता लक्ष्मणलाल कर्णले बताए । उनले भने, ‘हामी वार्ताका लागि बालुवाटार गएका हौँ । हाम्रा मागबारे कुरा उठायौँ । मागबारे ध्यानपूर्वक सुन्नु भयो । ठोष निर्णय आएन । आश्वासन भने दिनु भएको छ ।’

छलफलमा जसपाका अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतो, कार्यदलका सदस्य कर्ण र सर्वेन्द्रनाथ शुक्लले भाग लिएका थिए । अब अर्को वार्ताबारे समय निश्चित नभएको कर्णले बताए । जसपाले संविधान संशोधन, सांसद रेशम चौधरीको रिहाइ, लाल आयोगको प्रतिवेदन सार्वजनिकलगायत माग राख्दै आएको छ ।

सरकार र जसपाबीच वार्ता निष्कर्षविहीन, अर्को वार्ता अनिश्चित

‘नेकपाको प्रश्न सोध्ने अधिकार ओलीसँग छैन, ब्यूँतिएको

सरकार र जसपाबीच वार्ता निष्कर्षविहीन, अर्को वार्ता अनिश्चित

YUGAAWHAN NATIONAL DAILY (2077-12-10)

Leave a comment

Your email address will not be published. Required fields are marked *