‘नेकपाको प्रश्न सोध्ने अधिकार ओलीसँग छैन, ब्यूँतिएको एमालेको समीक्षा गरौँ ’

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्ट माधवकुमार नेपालसहित चार जना नेतालाई नेकपा रहँदा भएका गतिविधिलाई केन्द्रमा राखेर स्पष्टीकरण पत्र पठाएपछि त्यसको तीव्र आलोचना सुरु भएको छ।

ओलीले महासचिव ईश्वर पोखरेलको नाममा पठाएको स्पष्टीकरण पत्रमा फागुन २३ गते नेकपा भंग गर्ने सर्वोच्च अदालतको फैसला अघिको नेकपामा भएका गतिविधिलाई केन्द्रमा राखेर अधिकांश प्रश्नहरु गरिएको छ ।

नेकपा एमाले ब्यूँतिएपछि पार्टीको निर्देशन विपरीत नेपाल पक्षले भेला गरेको र भेलामा पार्टीको नाम, चिन्ह र झण्डाको दुरुपयोग गरेको आरोप लगाइएको छ । यसबाट ओलीले नेपाल पक्षसँग बदलावको भाव मात्रै राखेको र गल्ती केही नभेटिएपछि नेकपामा रहँदा भएका गतिविधिलाई जोडेर प्रश्न गरेको भन्दै नेताहरुले आलोचना सुरु गरेका हुन् ।

पार्टी एकताको अभियान जारी राखेका दाबी गरेका एमाले उपाध्यक्ष बामदेव गौतम निकट मानिने केन्द्रीय कमिटी सदस्य हरि पराजुलीले समेत यसको आलोचना गरेका छन् । पराजुलीले  भने, ‘बदलिएको परिस्थितिमा पुराना मुद्दालाई आधार मानेर स्पष्टीकरण सोध्नु गलत हो । नेकपा रहँदा भएका आरोपप्रत्यारोप र गतिविधिलाई नेकपा नै नरहेको अवस्थामा आधार मान्न मिल्दैन । ती विषयहरु सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले ब्यूँतिएको अवस्थामा उठाइरहनु सान्दर्भिक होइन।’

‘नेकपाको प्रश्न सोध्ने अधिकार ओलीसँग छैन, ब्यूँतिएको एमालेको समीक्षा गरौँ ’

जेठ ३० गते स्ववियु निर्वाचन गर्ने सहमति

‘नेकपाको प्रश्न सोध्ने अधिकार ओलीसँग छैन, ब्यूँतिएको एमालेको समीक्षा गरौँ ’

सरकार र जसपाबीच वार्ता निष्कर्षविहीन, अर्को वार्ता

Leave a comment

Your email address will not be published. Required fields are marked *