जुम्लाको पातारासीमा जिप दुर्घटना, एकको मृत्यु ९ घाइते

जुम्ला : जुम्लाको पातारासि गाउँपालिकामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पातारासि ५ लासी बाट जुम्ला खलंगा आउदै गरेको भे १ ज ५८८४ नम्बरको बोलेरो जीप ढुँगेधारा नजिकै दुर्घटनामा परेको हो ।
शनिबारका दिन दिउसो ३ बजेतिर दुर्घटनामा परि घाइते भएका एक जना नाबालक सहित ९ जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । गम्भिर घाईते भएका एक जना महिला र एक जना पुरुषको परिचय नखुलेको प्रहरीले जनाएको छ । घाईते हुने नाबालक पातारासि ५ जप्ना बस्ने वर्ष ६ का पुष्कर विष्टको टाउकोमा चोट लागेको छ ।
पातारासि ७ रीनि बस्ने वर्ष १० की ममता बोहोराको टाउको र मुखमा चोट लागेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ। यस्तै पातारासि ३ छुमगाउँ बस्ने वर्ष १९ का रुपा बोहोराको दायाँ हातमा चोट लागेको छ ।
पातारासि ३ महरी गाउँमा बस्ने वर्ष ४९ का गोर्खवहादुर बुढाको दायाँ, हात र टाउकोमा सामान्य चोट लागेको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिएका छन् । उनका अनुसार पातारासि ५ माथिलोर्प बस्ने वर्ष ५२ का पिङ्गरुप बुढाको ओठ, दायाँ हात र खुट्टामा चोट लागेको छ। जीप सडकबाट झण्डै तिन सय मिटर तल खसेको छ। दुर्घटना को कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ। चालक फरार रहेका छन्।






