युरोपका केही देशमा फेरि बढ्यो कोरोना सङ्क्रमण

काठमाण्डौ : युरोपका केही देशमा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थालेको छ ।

जमर्नी, अस्ट्रिया, नेदरल्यान्ड्स, इटली र बेलायतमा कोरोनाको सङ्क्रमण फेरि बढिरहेको छ । सङ्क्रमण फेरि बढ्न थाले पछि त्यहाँ खोप अभियानलाई तीव्रता दिन थालिएको छ भने रोकथामका लागि प्रतिबन्धात्मक उपाय अपनाउन लागिएको बीबीसीले जनाएको छ ।

अस्ट्रियाले भोलिदेखि २० दिनसम्म लकडाउन घोषणा गरेको छ । अस्ट्रियामा सन् २०२२ को फेब्रुअरी १ तारिखदेखि कोभिड विरुद्धको खोपलाई लगाउनै पर्ने कानुनी व्यवस्था गर्न लागिएको छ । यस्तै, जर्मनीमा पनि कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको छ ।

जर्मनीले खोप नलगाएकाहरुलाई थप कडाइ गर्ने भएको छ । त्यहाँ खोप नलगाएकाहरुलाई खेल स्थल, सांस्कृतिक कार्यक्रम र रेस्टुरेन्टजस्ता ठाउँमा प्रवेशमा निषेध गरिने भएको छ ।

युरोपका केही देशमा फेरि बढ्यो कोरोना सङ्क्रमण

 माधव नेपाल : पेट्रोलियमको मूल्‍यवृद्धि अति हैन

युरोपका केही देशमा फेरि बढ्यो कोरोना सङ्क्रमण

आज विश्व टेलिभिजन दिवस, विभिन्न कार्यक्रम गरी

Leave a comment

Your email address will not be published. Required fields are marked *