कुपिण्डे तालमा पौडि खेल्नेक्रमै डुवेर वालकको मृत्यु

दुर्गा विसिर सल्यान : सल्यानको कुपिण्डे तालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । बनगाड कुपिण्डे नगरपालिका – ८ मा रहेको तालमा डुबेर बालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बनगाड कुपिण्डे नगरपालिका – ८ आगरनेटाका ८ वर्षीय रमेश सुनारको तालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

बिहीबार दिउँसो साथीहरूसँग पौडी खेल्न जाँदा तालमा डुबेको र मृत अवस्थामा बाहिर निकालेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए । पूर्णिमाको अवसरमा आज तालमा मेला लागेको र उक्त मेला हेर्न उनी आएका थिए ।

कुपिण्डे तालमा पौडि खेल्नेक्रमै डुवेर वालकको मृत्यु

सातौँ नेपालगञ्ज म्याराथन सुरु

Leave a comment

Your email address will not be published. Required fields are marked *