भारतबाट जानेलाई बेलायतमा प्रवेश प्रतिबन्ध

एजेन्सी । बेलायतले भारतबाट जानेलाई प्रवेश नदिने घोषणा गरेको छ ।
कोरोना महामारीबाट अधिक प्रभावित देशहरूलाई खतराको सूचीमा राखेको बेलायतले ती देशबाट जानेलाई प्रवेश नदिने निर्णय गरेको हो ।
भारत कोरोना महामारीबाट अतिप्रभावित दोस्रो स्थानमा छ ।
सोमबार बेलायतका स्वास्थ्यमन्त्री म्याट हेनककले रेड लिष्टमा भारतलाई पनि राखेका हुन् ।
बेलायतमा आउँदो शुक्रबारदेखि भारत हुँदै जानेहरूले प्रवेश पाउने छैनन् ।






