अदीतिको ‘बाबरी’ फ्लोरमा

काठमाडौंँ । फिल्म ‘बाबरी’को छायाँंकन सुरु भएको छ । पूर्वको लेटाङमा शुभमुहूर्त गर्दै सोमबारबाट फिल्म छायाँकनका लागि फ्लोरमा निस्किएको हो ।

सुरेन्द्र पौडेलको मुख्य निर्देशन रहेको फिल्ममा धीरज मगर र अभिनेत्री अदीति बुढाथोकीको मुख्य भूमिका रहनेछ । दुई साता पूर्वका विभिन्न स्थानमा छायाङ्कनपछि निर्माण टिम सिक्किम प्रस्थान गर्ने निर्देशक पौडेलले बताए ।

त्रिकोणात्मक प्रेमकथामा बन्न लागेको फिल्ममा धीरज र अदीतिको अलवा तृप्ति नाडकरका छोरा धीरज टोटलानीको पनि मुख्य भूमिका रहनेछ । टोटलानीले यसै फिल्मबाट अभिनयमा डेब्यु गर्न लागेका हुन् ।

४० दिनको छायाँंकन सेड्युल राखिएको फिल्ममा नरेन्द्र मैनालीको छायाँकन, एन्जिला खत्रीको कोरियोग्राफी, कालीप्रसाद बाँस्कोटाको, अनमोल गुरुङ र सुजन चापागाईँले संगीत रहनेछ ।

गतवर्ष नै छायाँकनको तयारी गरिएको फिल्म कोरोनाका कारण देशमा लकडाउन भएपछि रोकिएको थियो । धमाधम फिल्म छायाँकन निस्कन थालेको समय सरकारले भने कोरोना बढ्यो भन्दै बैशाख मसान्तसम्मका लागि फिल्म हल फेरि बन्द गरेको छ ।

अदीतिको ‘बाबरी’ फ्लोरमा

YUGAAWHAN NATIONAL DAILY (2078-01-07)

अदीतिको ‘बाबरी’ फ्लोरमा

भारतमा रेकर्ड तोडिनेगरी संक्रमितको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *