२०८३ जेष्ठ ३० गते
×

Now Playing

ओलीले नेपाल पक्षका माधव नेपालसहित पाँच सांसदलाई स्पष्टिकरण सोध्ने, पार्टी हितविरुद्ध काम गरेको आरोप

काठमाडौँ । अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बसेको नेकपा एमाले केन्द्रीय कमिटी बैठकले सांसदसमेत रहेका नेता माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, रामकुमारी झाँक्रीलाई पार्टी हितविरुद्ध काम गरेको, नेतृत्व र पार्टीलाई खुइल्याउने तथा सरकारको बदनाम गराउन गुटगत भेला गरेको निष्कर्ष निकाल्दै स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।

शनिबार बालुवाटारमा बसेको ओली पक्षीय संसदीय दलको बैठकले संघीय तथा प्रदेश सभाका समानुपातिक सांसदहरुको बन्द सूचीमा रहेको नाम हटाउने, राख्ने या हेरफेर गर्ने अधिकार प्रधानमन्त्री ओलीलाई प्रत्यायोजन गर्ने निर्णय पनि गरेको छ ।

यस्तै पार्टी केन्द्रीय कमिटी तथा मातहत कमिटीको सदस्यहरुको विदाई, मनोनयन तथा कारबाही गर्ने अधिकार ओलीलाई प्रत्यायोजन गर्ने निर्णय बैठकले गरेको छ ।  बैठकले अदालत, निर्वाचन आयोग र अन्य आधिकारिक निकाय पार्टीको तर्फबाट गर्ने सबै काम पार्टी अध्यक्षलाई अख्तियारी दिने निर्णय पनि गरेको छ ।

ओलीले नेपाल पक्षका माधव नेपालसहित पाँच सांसदलाई स्पष्टिकरण सोध्ने, पार्टी हितविरुद्ध काम गरेको आरोप

कुनै झगडा थिएन तर बिहेपछि २७ वर्षसम्म

ओलीले नेपाल पक्षका माधव नेपालसहित पाँच सांसदलाई स्पष्टिकरण सोध्ने, पार्टी हितविरुद्ध काम गरेको आरोप

छाउँगोठ भत्काइए पनि मनमा त्रास कायमै

Leave a comment

Your email address will not be published. Required fields are marked *