छाउँगोठ भत्काइए पनि मनमा त्रास कायमै

सुर्खेत, ८ चैत ।
स्थानीय तहका जनप्रतिनिधिको अगुवाइ र प्रहरीको बलमा छाउगोठ भत्काएर छाउगोठमुक्त घोषणा गरिए पनि महिलाहरू भने महिनावारी हुँदा फेरि गाईभैँसीको गोठ र बाख्राखोरमा बस्न थालेको छन् । घरबाहिर बस्नुपर्ने बाध्यताबाट अझै मुक्त हुन सकेका छैनन् । पुनः छाउगोठमै बस्न थालेकी पश्चिम सुर्खेतकी एकजना महिला भन्छिन्, ‘घरभित्रै बस्ने मन भएपनि देउता रिसाउने भन्दै बूढाबूढी (सासु–ससुरा)ले बस्नै दिँदैनन् 
। त्यसैले महिनावारी हुँदा पाँचदिन बाध्य भएर छाउगोठमै बस्ने गर्छु ।’ उनले घरभित्र बस्न नपाउँदा धेरै पीडा हुने गरेको पनि बताइन् । प्रहरी–प्रशासनको डरले नयाँ छाउगोठ बनाउन भने छाडेका छन् । तर अहिले गाउँका धेरै महिला दिदीबहिनी गाईभैँसीको गोठ, बाख्राखोर, स्नानघर र ओडारमा बस्ने गरेकोसमेत ती महिला बताउँछिन् । त्यस्तै पञ्चपुरी नगरपालिका डाबकी रत्न विकले पनि देउता रिसाउने र घरमा अनिष्ट हुने अन्धविश्वासले गर्दा बर्षौँदेखि हैरानी खेप्नु परेको बताउँछिन् । उनी भन्छिन्, ‘छाउबार्न मन छैन, तर देवी–देवताको डरले कुसंस्कारलाई तोड्न र छोड्न सकिएको छैन ।’ छाउगोठको रूप मात्रै फेरिएको तर संस्कार र सोच जहाँको त्यहीँ रहेको धेरैको अनुभव छ । देउता रिसाउने भएकै
कारण महिनावारी भएका महिलाहरु स्वयंसमेत पानी पधेँरा प्रयोग गर्न, फलफूलका बोटविरुवा छुन र दूध दही खानबाट पनि वञ्चित हुन्छन् । महिनावारी भएका महिलाले भुलबस फलफूलका बोटबिरुवा छोइहाले सुनपानी छर्केर शुद्ध गर्ने गरिएको गाउँलेहरूको अनुभव छ । गतवर्ष सम्पूर्ण छाउगोठहरू भत्काइए पनि अहिले झण्डै २० प्रतिशत छाउगोठहरू फेरि बनाइएको छ । बराहताल गाउँपालिका सुर्खेतका अध्यक्ष तेजबहादुर बस्नेत भन्छन्, ‘छाउगोठहरू भत्काएपछि कतिपय घरको दैलोभित्र बस्न थालेका छन्, बाँकीलाई पनि घरभित्र बसाल्नको लागि
विभिन्न विकल्प छन् । तीमध्ये कुनै विकल्प अघि सार्छौँ ।’ महिनावारी हुँदा घरबाहिर र छाउगोठमा बस्नेहरूलाई सरकारी सेवा सुविधा रोक्नेदेखि धामीलाई आश्वस्त गर्ने विकल्पहरू आफूसँग रहेको स्थानीय सरकारका अधिकारीहरूले बताएका छन् । महिलाको रजस्वला वा सुत्केरी अवस्थामा छाउगोठमा राख्न, कुनै किसिमको भेदभाव, छुवाछुत, अमानवीय व्यवहारको कसुर गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ । रणनीति बनाउन लागिएको जनप्रतिनिधिहरू बताउँछन् ।
‘रिसाएनन् देउता, भएन अनिष्ट ’
महिनावारी हुँदा घरभित्रै छुट्टै कोठामा बस्दै आएका महिलाहरू भने छाउगोठमा नबस्न र अन्धविश्वास तोडेर अघि बढन सुझाव दिन्छन् । महिनावारी हुँदा घरमै बस्ने गरेकी बराहतालकी बिष्ना विष्टले सुनाइन्, ‘घरभित्रै बस्दा मलाई केही पनि समस्या भाको छैन, अहिलेसम्म न देउता नै रिसाएका छन्, न कुनै अनिष्ट नै भएको छ ।’ विगतमा छाउगोठ न्यानो राख्न बालिएको आगोले निस्सासिएर, पहिरो खसेर, अत्यधिक जाडो, सर्पको टोकाइजस्ता कारणले महिनावारी हुँदा घरबाहिर बसेका कतिपय महिला र किशोरीले ज्यान गुमाएका घटना छन् । महिनावारी
भएको समयमा घरबाहिर एक्लै बस्नु पर्दा असुरक्षा समेत महसुस हुने गरेको महिलाहरू बताउँछन् । उनीहरूमध्ये कतिपय बलात्कृत पनि भएको घटना छ । छाउगोठ भत्काउने अभियानपछि भने महिनावारीको समयमा छाउगोठमा बस्दा कुनैपनि महिलाको मृत्यु नभएको गृह मन्त्रालयले जनाएको छ । छाउगोठ भत्काएपनि परिवर्तन नभएपछि अब कसरी अघि बढ्ने भनेर






