कुनै झगडा थिएन तर बिहेपछि २७ वर्षसम्म श्रीमानबाट छुट्टै रहिन् गायिका अलका याग्निक

काठमाडौं । बलिउडकी चर्चित गायिका अलका याग्निकले सयौं सुपरहिट गीत गाएकी छिन् ।

९० को दशकमा बलिउडको पाश्र्व गायनमा राज गरेकी गायिका अलकाको गायनमा नेपाली मूलका गायक उदीतनारायण झासँग निकै राम्रो जोडी जमेको थियो ।

९० को दशकमा बलिउडका अधिकांश फिल्मका गीतहरुमा यी दुईको स्वर हुन्थ्यो । आज शनिबार अलका आफ्नो ५५ औं जन्मदिन मनाउँदैछिन् ।

अलकाले १४ वर्षको उमेरदेखि संगीत उद्योगमा आफ्नो करिअर सुरुवात गरेकी थिइन् । उनले २ हजारभन्दा धेरै गीतहरु रेकर्ड गरेकी छिन् ।

उनले १६ भाषामा गीत गाएकी छिन् । अलका आफ्नो व्यवसायिक जीवनमा निकै सफल रहिन् तर उनले आफ्नो यो सफलताको लागि धेरै त्याग गरेकी छिन् ।

अलकाले १९८९ मा शिलोंगका व्यवसायी निरज कपूरसँग बिहे गरेकी थिइन् । तर, बिहेपछि २७ वर्षसम्म यी दुई एक अर्काबाट अलग रहे ।

निरजको व्यवसाय शिलोंगमा थियो । अलकाको काम भने सपनाको सहर मुम्बइमा थियो । यही कारण यी दुईको लागि एक अर्कासँग छुट्टिएर बस्नु बाध्यता बन्यो ।

एक अर्कासँग छुट्टिएर बस्दा उनीहरुको जीवनमा धेरै चुनौती आए तर यी सबैका यीचमा यी दुईको सम्बन्ध भने सुन्दर तरिकाले अगाडि बढिरह्यो ।

निरज बेलाबेला मुम्बइ त आउँथे तर विवाहपछिको अधिकांश समय अलकाले सिंगल मदरको रुपमा बिताइन् र आफ्नै बलमा सन्तान हुर्काइन् ।

अलकाले एक अन्तरवार्तामा भनेकी थिइन् ‘निरजले मुम्बइमा व्यवसाय सुरु गर्ने कोसिस गरेका थिए तर उनी सानो सहरबाट थिए र मुम्बइमा आफूलाई स्थापित गर्न सकेनन् ।

यहाँ व्यवसाय सुरु गरेपछि उनको धेरै पैसा डुबेको थियो । त्यसैले मैले नै उनलाई शिलोंगमा नै आफ्नो व्यवसाय गर्न भनेकी थिएँ ।’ त्यसपछि निरजले शिलोंगमै आफ्नो व्यवसाय जारी राखे र दुवै व्यवसायिक रुपमा सफल रहे ।

कुनै झगडा थिएन तर बिहेपछि २७ वर्षसम्म श्रीमानबाट छुट्टै रहिन् गायिका अलका याग्निक

शनिबार २६ सय पीसीआर परिक्षण गर्दा थप

कुनै झगडा थिएन तर बिहेपछि २७ वर्षसम्म श्रीमानबाट छुट्टै रहिन् गायिका अलका याग्निक

ओलीले नेपाल पक्षका माधव नेपालसहित पाँच सांसदलाई

Leave a comment

Your email address will not be published. Required fields are marked *