शनिबार २६ सय पीसीआर परिक्षण गर्दा थप ७९ जनामा कोरोना पुष्टि

शनिबार नेपालमा २ हजार ६३७ जनामा पीसीआर परिक्षण गर्दा थप ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार ८२९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ९ सय ९८ रहेको छ । पछिल्लो २४ घण्टामा ८२ जना निको भएका छन् ।

 

हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७१ हजार ८१५ पुगेको छ । हालसम्म कोरोनाको कारण ३ हजार १६ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट कुनैपनि बिरामीको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

यस्तै, हालसम्म ४७ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २२ लाख ३३ हजार ३४५ जनाको पीसीआर परीक्षण गरिएको छ ।

शनिबार २६ सय पीसीआर परिक्षण गर्दा थप ७९ जनामा कोरोना पुष्टि

बर्दिया राष्ट्रिय निकुञ्जका ७६ वटा नेपाली हात्ती

शनिबार २६ सय पीसीआर परिक्षण गर्दा थप ७९ जनामा कोरोना पुष्टि

कुनै झगडा थिएन तर बिहेपछि २७ वर्षसम्म

Leave a comment

Your email address will not be published. Required fields are marked *