नेपालमा चन्द्रग्रहणको सूतक लाग्दैन स् पञ्चाङ्ग निर्णायक समिति

काठमाडौं : कात्तिक शुक्ल पूर्णिमाका दिन आज लाग्ने चन्द्रग्रहण नेपाली आकाशबाट नदेखिने हुनाले ग्रहण बार्नु नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

आंशिकरूपमा लाग्ने र नेपाली आकाशबाट नदेखिने भएकाले समितिले स्वीकृति दिएका पात्रोमा यसबारे उल्लेख नभएको सदस्यसचिव सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए।

नेपाली समयानुसार दिउँसो १:०३ बजेदेखि लाग्ने चन्द्रग्रहण अपराह्न ४:३२ बजेसम्म देखिने जनाइएको छ।

एसियाका केही क्षेत्र, अमेरिका, उत्तरी युरोप, अष्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्रलगायतबाट यो चन्द्रग्रहण देख्‍न सकिने नेपाल एष्टोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए।

नेपालबाट विरलै छायाजस्तो भाग मात्र देखिने र नाङ्गो आँखाले त्यो पनि देख्न नसकिने उनले बताए। यसपटकको चन्द्रग्रहण पहिले देखिनेभन्दा हल्का रेखा आकारमा देखिने खगोलविद्को दाबी छ। रासस

नेपालमा चन्द्रग्रहणको सूतक लाग्दैन स् पञ्चाङ्ग निर्णायक समिति

कृषिमा आत्मनिर्भर बन्ने उपाय

नेपालमा चन्द्रग्रहणको सूतक लाग्दैन स् पञ्चाङ्ग निर्णायक समिति

वैदेशिक रोजगारीमा जान कात्तिकमा मात्रै झण्डै ५५

Leave a comment

Your email address will not be published. Required fields are marked *