नेकपा (एस)सल्यानको जिल्ला कमिटी सपथग्रहण समारोह

दुर्गा विसि : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सल्यान मा बुधवार जिल्ला कमिटी सदस्य तथा पदाधिकारीहरुको सपथ ग्रहण कार्यक्रम  भएको थियोे ।

केन्द्रिय उपमहासचिव तथा कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वालाको प्रमुख उपस्थितिमा जिल्ला कमिटी पदाधिकारीको सपथ ग्रहण कार्यक्रम आयोजना गरिएको थियोे । सपथ ग्रहण समारोहमा वोल्दै ज्वालाले आगामी निर्वाचनमा नेकपा एमाले शून्य हुने बताए ।

उनले अवको केहि महिना पछि हुने उपनिर्वाचनमा गठबन्धनमा आवद्ध पाँच वटा दल एक भएर जाने सहमति भएकाले एमाले शून्य हुने जनाएका हुन ।

बुधवार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सल्यानको जिल्ला कमिटीको सपथ ग्रहण तथा प्रथम बैठकलाई संबोधन गर्दै ज्वालाले उपनिर्वाचनमा एमालेले एक सिट पनि जित्न नसक्ने दावी गरे । दुइ तिहाइको सरकार चलाउन नसक्ने ओलीको असक्षमताका कारण आज एमाले केन्द्र हुदै प्रदेशहरुमा सत्ता च्युत भएर बाहिरीएर सडकमा पुगेको छ ।

केपी ओलीको कारण आज यो देशमा राजनीतिक संकटको अवस्था सिर्जना भएको हो । केपीका देशमा राजनीति,सामाजिक र आर्थिक संकट पैदा परेको छ ।केपीका कारण केपीको पार्टी आउदो चुनावमा जनतासँग भोट माग्न जाने आधार के रु उनिहरुको के एजेन्डा छ अब फेरि जनता माझ जाने रुहामीले बिद्रोह गरेर नयाँ पार्टी निर्माण गरेका छौ, पार्टी बिधि, पद्धति र सिद्धान्तका आधारमा चलिरहेको छ, उनले भन्ने सम्मानजनक हैसियतमा पार्टी संघीय र प्रदेश सरकारमा सहभागी भएको छ ।

ज्वालाले पार्टी प्रति नागरिकको आकर्षण बढेकाले अबको केहि समयमा बिशाल पार्टीको रुपमा परिणत हुने बताए । पार्टीको संगठन निर्माण, भेला तथा प्रशिक्षण लगाएतका गतिविधिलाई तिब्रता दिन समेत ज्वालाका जिल्ला तहका नेतृत्वलाई विशेष आग्रह रहेको छ ।

अहिले पार्टीप्रति नेता तथा नागरिकहरुको आकर्षण बढ्दै गएकाले तल्लो तह हुदै सबै जनताको माझमा जान उनको जोड छ । एक वडा : एक सय संगठित सदस्य र एक पालिका स् एक हजार संगठित सदस्य अनिवार्य बनाउनुपर्नेमा ज्वालाको निर्देशन रहेको छ । जिल्लामा पुराना पाका खारिएका,पार्टी निर्माणकार्यबाट वर्सौ पिल्सिएका एमाले पंक्तिभरि सल्यानमा समाजवादीतिर कित्ता किलेर गरेका छन् । सपथ ग्रहणमा हल खच्चा खच्च भरिएको थियोे ।

नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादी ) जिल्ला कमिटीको पहिलो वैठक तथा सपथ ग्रहण कार्यक्रम भव्य रूपमा सम्पन्न जनाएको छ। पार्टी अध्यक्ष उदय वहादुर वोहराको अध्यक्षता तथा पार्टीका उपमहासचिव एव कर्णाली प्रदेश कमिटी इन्चार्ज पज्वालाको प्रमुख आतिथ्यतामा भएको वैठकमा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज धिरेन्द्र श्रेष्ठ , केन्द्रिय सदस्य तथा सहइन्चार्ज भद्रसिह वुढा, शारदा परियार, केन्द्रीय सल्लाह , केन्द्रीय आयोग सदस्य , कर्णाली प्रदेश कमिटी सदस्यहरुको विशेष उपस्थितिमा भएको वैठकमा स्वागत मन्तव्य उपाध्यक्ष राम कुमार खडकी,संचालन सचिव रमेश गौतमले गरेका थिए ।, वैठकले पार्टीको समग्र अवस्थामाको विश्लेषण , जिल्ला कमिटी पदाधिकारी र सदस्य हरूको कार्य विभाजन गर्नुका साथै आगामी कार्ययोजना तयार गरेको जनाए छ ।

नेकपा (एस)सल्यानको जिल्ला कमिटी सपथग्रहण समारोह

सिम्तामा खड्का समुहका रावत फराकिलो मतान्तरले विजय

नेकपा (एस)सल्यानको जिल्ला कमिटी सपथग्रहण समारोह

न्यूजिल्याण्डमाथि भारतको रोमाञ्चक जित

Leave a comment

Your email address will not be published. Required fields are marked *