न्यूजिल्याण्डमाथि भारतको रोमाञ्चक जित

काठमाडौं : टी–२० आई सिरिजको पहिलो खेलमा न्यूजिल्याण्डविरुद्ध भारत ५ विकेटले विजयी भएको छ । न्यूजिल्याण्डले दिएको १ सय ६५ रनको लक्ष्य भारतले १९ दशमलव ४ ओभरमा ५ विकेट गुमाएर भेट्टायो ।

उसका लागि सूयकुमार यादवले शानदार ब्याटिङ गरे। उनले ४० बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ६३ रनको योगदान दिए। यो उनको टी–२० आई करियरकै उत्कृष्ट ब्याटिङ हो । यसअघि उनको टी–२० आईमा उच्च स्कोर ५७ रन थियो ।

यस्तै, कप्तान रोहित शर्माले ४८, केएल राहुलले १५ र ऋषभ पन्तले अविजित १७ रन बनाए। बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

बलिङमा ट्रेन्ट बोल्टले २, टिम साउथी, मिचेल सान्टनर र डेरिल मिचेलले १र१ विकेट लिए । यसअघि, जयपुरमा टस हारेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।

उसका लागि ओपनर मार्टिन गुप्टिल र मार्क च्यापम्यानले अर्धशतकी पारी खेले । गुप्टिलले ४२ बलमा ४ चौका र ४ छक्कासहित ७० रन बनाउँदा च्यापम्यानले ५० बलमा ६ चौका र २ छक्काको मद्दतमा ६३ रन जोडे ।

यस्तै, टिम सेफर्टले १३, रचिन रवीन्द्रले ७, मिचेल सान्टनरले नटआउट ४ रन जोड्दा डेरिल मिचेल र ग्लेन फिलिप्स शून्य रनमा आउट भए ।

बलिङमा रवीचन्द्र अश्विन र भुवनेश्वर कुमारले २र२ तथा मोहम्मद सिराज र दीपक चाहरले १र१ विकेट लिए । यस जितसँग भारतले तीन म्याचको सिरिजमा १–० को अग्रता लिएको छ । यी दुई देशबीचको दोस्रो टी–२० आई शुक्रबार हुनेछ ।

न्यूजिल्याण्डमाथि भारतको रोमाञ्चक जित

नेकपा (एस)सल्यानको जिल्ला कमिटी सपथग्रहण समारोह

न्यूजिल्याण्डमाथि भारतको रोमाञ्चक जित

YUGAAWHAN NATIONAL DAILY (2078-8-02)

Leave a comment

Your email address will not be published. Required fields are marked *