कोभिड–१९ बाट जनताको जीवन रक्षा गर्न पार्टीको सम्पूर्ण शक्ति परिचालन गरौँ : जनार्दन

सुर्खेत । नेकपा (माओवादी केन्द्र) का कर्णाली प्रदेश इञ्चार्ज जनार्दन शर्मा प्रभाकरले कोभिड–१९ बाट जनताको जीवन गर्नको लागि पार्टीको सम्पूर्ण शक्ति परिचालन गर्न निर्देशन दिएका छन् ।

कर्णाली प्रदेश अन्तरगत माओवादी केन्द्रका जिल्ला अध्यक्ष तथा संयोजकहरुको भर्चुअल बैठकलाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेका शर्माले स्वास्थ्यकर्मीसहितको स्वयमसेवक टिम बनाएर वडा वडामा परिचालन गर्न दिर्नेशन दिए ।
उक्त टिमलाई टोल टोल पुगेर सङ्क्रमितहरुको उपचार गर्ने, उनीहरुको मनोबल बढाउने र जनचेतना फैलाउने कार्यमा अहोरात्र खटाउन जिल्ला नेताहरुलाई निर्देशन दिए ।

‘जनताको जीवन रक्षा नै यतिबेलाको मुख्य काम हो, अरु सबै कुरा थाँति राखेर कोभिड–१९ विरुद्ध पार्टीको शक्ति लगाउनुस् ।’ बैठकमा प्रभाकरले भनेको प्रदेश अर्थमन्त्री एवं रुकुम जिल्ला अध्यक्ष गोपाल शर्माले जानकारी दिए । साथै नेता प्रभाकरले प्रदेशको नयाँ बजेट कोभिड–१९ बाट जनतालाई जोगाउने खालका योजनामा केन्द्रित गर्न समेत आग्रह गरे ।

यसैबिच हाल प्रदेश मातहतमा रहेको कर्णाली प्रादेशिक अस्पताललाई संघ अन्तरगत राख्ने तयारी गरिएको भए त्यो गलत हुने नेता प्रभाकले बताए । संघीय सरकारले अस्पताललाई सहयोग गर्ने कुरा स्वागतयोग्य भएपनि प्रदेशको अधिकार खोसेर संघ मातहतमा ल्याउन कदापि उपयुक्त नहुने उनको धारणा थियो ।

प्रदेश संयोजक मायाप्रसाद शर्माले सहजीकरण गरेको भर्चुअल बैठकमा रुकुम पश्चिमका अध्यक्ष एवं प्रदेश अर्थमन्त्री गोपाल शर्मा, जाजरकोट अध्यक्ष ढकवीर राना, जुम्ला अध्यक्ष वीरबहादुर कुँवर, कालिकोट अध्यक्ष धनजित शाही र हुम्ला अध्यक्ष लालकेश जैसीले जिल्लाको परिस्थिति बारे रिपोर्टिङ्ग गरेका थिए । यस्तै सुर्खेतका संयोजक कृष्ण जिसी, सल्यान संयोजक कर्णबहादुर बुढाथोकी, दैलेख संयोजक प्रेम कटुवाल र डोल्पा संयोजक माल बहादुर रोकायाले विभिन्न सुझावसहितको रिपोर्ट पेश गरेका थिए ।

कोभिड–१९ बाट जनताको जीवन रक्षा गर्न पार्टीको सम्पूर्ण शक्ति परिचालन गरौँ : जनार्दन

संक्रमित र निको हुने बराबर जस्तै, २४६

कोभिड–१९ बाट जनताको जीवन रक्षा गर्न पार्टीको सम्पूर्ण शक्ति परिचालन गरौँ : जनार्दन

नागरिककाे गुनासो : बजार अनुगमनको नाममा सुर्खेत

Leave a comment

Your email address will not be published. Required fields are marked *