अक्सिजन प्लान्ट घोटाला प्रकरणमा: पाईप लाईन निशुल्क जडान गरेको ठेक्केदारको भनाई

सल्यान । सल्यानमा भएको अक्सिजन प्लान्ट घोटाला प्रकरणमा नयाँ ट्विस्ट आएको छ । ४० लाखको अक्सिजन प्लान्ट खरिदको लागि टेन्डर गरेर ३८ लाख ९९ हाजार मुल्यमा अक्सिजन कन्सन्ट्रेटर मेसिन ल्याएर जडान गरेपछि उक्त खरिद प्रकरणमा लाखौं घोटाला भएको भन्दै प्रशासनमा उजुरी परेपछि सहायक सिडिओ को संयोजकत्वमा ४ सदस्यीय छानविन समिति बनेको छ ।

४० लाखको अक्सिजन प्लान्ट खरिदको लागि टेन्डर गरेर ३८ लाख ९९ हजार मुल्यमा ल्याएको अक्सिजन कन्सन्ट्रेटर मेसिन जडानको लागि १८ लाख बजेट थियो । कोभिडका बिरामीलाई अक्सिजन अभावका कारण हतारहतारमा पाईप लाईन जडान गर्नूपरेकाले उक्त १८ लाख बजेटलाई टेन्डर नगरि सिधै काम गराएको बताएको स्वास्थ्य सेवा कार्यालय सल्यानले सुरुमा जडान खर्च सहित ५१ लाख लागत लागेको बताएको थियो ।

पछि अनियमितता भएको सामाचार सार्वजनिक भएपछि उक्त कुरा सच्याउदै टेनडर नभएको र खर्च एकिन नभएको ले यति नै खर्च भन्न नसकिने बताएको थियो । तर उक्त कुरामा नयाँ ट्विस्ट आएको छ । उक्त अक्सिजन कन्सन्ट्रेटर मेसिन ल्याउने ठेक्का पाएको कम्पनी ड्रागन मेडिकल प्रालिले उक्त मेसिन जडान निशुल्क गरेको जनाएको छ ।

बुधबार नयाँ दृष्टि डटकम सँग कुरा गर्दै उक्त कम्पनीका संचालक गगन शाहीले जिल्ला अस्पताल सल्यानमा १० वेडमा निशुल्क अक्सिजन पाईप लाई जडान गरेको बताएका हुन । आफ्नो नकारात्मक कुरा मात्र मिडियामा आएको गुनासो गर्दै उनले कोभिडको जोखिमको बिच पनि आफुहरुले बिरामीको वेडसम्म अक्सिजन पाईपलाईन जोडेर बिरामीको ज्यान बचाएको कुरालाई पनि नबिर्सन अनुरोध गरेका थिए ।

सुरुमा २- ३ वेडको लागि मात्र पाईपलाईन जडान गर्न सहमति भएको भएपनि केही नेताहरु र अस्पताल प्रशासनको अनुरोधमा १० वेडको लागि अक्सिजन पाईप लाई जडान गरिदिएको र उक्त जडान प्रक्रियाको कुनै खर्च नलिने उनले बताएका छन । साथै कर्मचारीहरुले कम्पनीले झुक्यायो भन्नु भन्दा पनि कागजले के भन्छ त्यो हेर्न उनले आग्रह गरेका थिए ।

अक्सिजन प्लान्ट घोटाला प्रकरणमा: पाईप लाईन निशुल्क जडान गरेको ठेक्केदारको भनाई

फेसबुकका उपाध्यक्षले किन दिए राजीनामा ?

Leave a comment

Your email address will not be published. Required fields are marked *