भोलि सार्वजनिक विदा

सुर्खेत ।  कर्णाली प्रदेश सरकारले चैते दसैँका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को २०७७ जेठ १२ गते बसेको बैठकले चैत शुक्ल अष्टमी (चैते दसैँ) को अवसरमा वैशाख ७ गते (मङ्गलबार)का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्था बिदा हुने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । नेपाल सरकारले देशभर सार्वजनिक बिदा दिने नगरे पनि कर्णाली प्रदेश सरकारले भने सार्वजनिक बिदा गरेको हो ।

भोलि सार्वजनिक विदा

बिमा कम्पनीले अभिकर्तालाई ऋण दिन नपाउने

Leave a comment

Your email address will not be published. Required fields are marked *