खाल्डोमा लडेकी महिलालाई जिउँदै पुरेको आरोपमा डोजर चालक पक्राउ

 

काठमाडौं । धादिङको त्रिपुरासुन्दरी–१, सल्यानटारमा डोजरको ठक्करबाट घाइते महिलालाई जिउँदै पुरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो ‍(सीआईबी) को टोलीले दाङ घर भएका डोजर चालक भीमबहादुर बुढाथोकीलाई पक्राउ गरेको हो । ब्युरोले यस विषयमा सार्वजनिक गर्न शुक्रबार दिउँसो २ बजे पत्रकार सम्मेलन गर्दैछ ।

पक्राउ परेका व्यक्तिलाई धादिङ बुझाएर ज्यान सम्बन्धी कसूरमा विस्तृत अनुसन्धान हुने प्रहरीले जनाएको छ । खोल्सी जिपजिपेमा १७ फागुनमा भएको घटनामा घाँस बोकेर घरतिर फर्किँदै गरेकी ४५ वर्षीया सरस्वती कुमाल खाल्डोमा खसेकी थिइन् । तर, चालक बुढाथोकीले उद्दार गर्नु साटो खाल्डोमा वरिपरीको माटो ल्याएर पुरिदिएका थिए ।

सल्यानटार–आरुघाट सडकखण्डमा चल्ने एक बसका यात्रुले डोजरले मान्छे पुरेको भन्दै हल्ला गरेपछि बुढाथोकी डोजर छाडेर भागेका थिए । त्यसयता अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, धादिङले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सँग सहकार्य गरिरहेको थियो । तर, उनी पक्राउ परेकोबारे आफूलाई थाहा नभएको धादिङका एसपी महेन्द्र खड्काले बताए ।

घटनापछि स्थानीयवासीले डोजरमा ढुंगामुढा र आगजनी गरेका थिए ।

खाल्डोमा लडेकी महिलालाई जिउँदै पुरेको आरोपमा डोजर चालक पक्राउ

सिटीइभिटीको परीक्षाको चिट बेच्ने पाँच जना पक्राउ

खाल्डोमा लडेकी महिलालाई जिउँदै पुरेको आरोपमा डोजर चालक पक्राउ

व्यक्ति पदमा पुग्दा अग्रगमन अन्यथा प्रतिगमन हुने

Leave a comment

Your email address will not be published. Required fields are marked *