सिटीइभिटीको परीक्षाको चिट बेच्ने पाँच जना पक्राउ

सिटीइभिटीको परीक्षाको चिट बनाउने ५ जना फोटोकापी पसले पक्राउ परेका छन् ।
परीक्षामा अनुगमन टोलीले चेकजाँच गर्ने क्रममा संस्थागत रुपमा तयार पारिएको चिट फेला पारेपछि विद्यार्थीहरुले भनेकै आधारमा तिनीहरुलाई पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए ।
प्रहरी उपरीक्षक रानाभाटले प्रश्नपत्र आउट नभएको तर परीक्षा दिने सम्पूर्ण विद्यार्थीहरुसँग एकै प्रकारको सानो रुपमा तयार पारीएको चिट फेला परेपछि अनुसन्धानको लागि पाँच फोटोकपी पसलेलाई पक्राउ गरेको बताए ।
पसलबाट विभिन्न विषयको सोलुशनको सानो रुपमा तयार पारिएको मिनिमाइजहरु समेत बरामद गरिएकाे उनले बताए । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ स्थित भैरवचोकबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरुको नाम भने अहिले प्रहरीले गोप्य राखेको छ ।







