व्यक्ति पदमा पुग्दा अग्रगमन अन्यथा प्रतिगमन हुने हो ?

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रतिमगनको बाटोमा हिँडेको भनि सरकारलाई लगाउने गरिएको आरोपप्रति संसद बैठकमा आक्रोश पोखेका छन् ।

उनले निश्चित व्यक्ति पदमा पुग्दा अग्रगमन हुने अन्यथा प्रतिगमन हुने हो भन्दै प्रश्न गरे ।

प्रतिनिधिसभामा दलका प्रतिनिधिका रुपमा बोलेका मन्त्री ज्ञवालीले काठमाडाैँमा खानेपानी, तराईंमा सिँचाइ र कोरोनाको कोप लगाउँदा प्रतिगमन नहुने बताए ।

उनले नागरिकलाई कोरोनाको खोप सुरुमै दिने मुलुकहरु मध्ये नेपाल पनि पर्ने बताए ।

‘विश्वका ६० देश मध्ये नेपालले पनि सुरुमै कोरोनाको भ्याक्सिन दियो। चीनले आठ लाख दियो। भारतले १० लाख दिँदैछ। हामीले कोरोनाका विरुद्ध सफलना पाउने चरणमा छौँ’, उनले भने । मुलुकको बाह्य सम्बन्धमा पनि सफलता पाएकाे मन्त्री ज्ञवालीले चर्चा गरे ।

‘सिडअमा सादनदार मतका साथ विजय हासिल गरेका छौँ । भारतसँग सीमा सम्बन्धबारे कुराकानी गरेका छौँ। प्रधानमन्त्रीले कडा कुरा गरेको होइन। नेपाल भारत संयुक्त बैठक माघ २ गतेको बैठकमा लिम्पिया धुराको समस्या औपचारिक रुपमा राखेका छौँ’, उनले भने ।

मन्त्री ज्ञवालीले यसबीचमा नेपालले सगरमाथाको उचाइ आफ्नै मिहिनेतमा नापेको पनि बताए। उनले प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षको हुने बताउँदै खण्डित नभएको अवस्थामा दलहरुले रतनात्मक भूमिका खेल्ने अपक्षा गरेको बताए । मन्त्री ज्ञवालीले सरकारले पछिल्ला दुईवटा मुद्दा हारे पनि अदालतको आलोचना नगरेको बताए ।

व्यक्ति पदमा पुग्दा अग्रगमन अन्यथा प्रतिगमन हुने हो ?

खाल्डोमा लडेकी महिलालाई जिउँदै पुरेको आरोपमा डोजर

व्यक्ति पदमा पुग्दा अग्रगमन अन्यथा प्रतिगमन हुने हो ?

सरकारले पटक–पटक संविधानमाथि प्रहार गर्‍योः खाँण

Leave a comment

Your email address will not be published. Required fields are marked *