सरकारले पटक–पटक संविधानमाथि प्रहार गर्‍योः खाँण

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रमुख सचेतक खाँणले प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका हुन् ।

उनले भने, ‘कांग्रेसले प्रतिनिधिसभा विघटन असंवैधानिक भनेको सत्य भयो । सर्वोच्चको फैसलालाई स्वागत गर्दछु । सरकारको असंवैधानिक कमदका विरुद्ध आवाज उठाउने सबैलाई धन्यावद ।

सर्वोच्चले प्रधानमन्त्रीको कदम असंवैधानिक भनेपछि प्रधानमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्छ कि पर्दैन? मार्ग प्रशस्त गर्नुपर्छ कि पर्दैन? यसतर्फ ध्यान जाओस् ।’यही संविधानको जगमा बनेको सरकारले पटक–पटक संविधानमाथि प्रहार गर्दै आएको उनले बताए ।

उनले भने, ‘विधिको शासन मान्छौँ, संविधान मान्छौँ भनेको सन्दर्भमा त्यसतर्फ विचार गर्नुपर्छ कि पर्दैन? सरकार बनेदेखि नै संविधानमाथि प्रहार गर्दै आएको छ। सरकार आफै संविधानको जगमा बनेको थियो ।’ सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि अतिक्रमण गरेको खाँणले बताए ।

‘सरकारले सबैभन्दा ठूलो अधिकार अभिव्यक्ति स्वतन्त्रतालाई बनेकै दिनदेखि अतिक्रमण गर्‍यो। माइतिघरमा, रत्नपार्कमा जान पाइँदैन भन्यो । एकपटक प्रधानमन्त्री र मन्त्रीले छातिमा हात राखेर सोच्नुहोस्, अग्रमगन गर्नुभएको छ कि प्रतिगमन? गुठी विधेयक किन ल्यायो? परम्परामाथि आक्रमण गर्‍यो,’ उनले भने ।

सरकारले पटक–पटक संविधानमाथि प्रहार गर्‍योः खाँण

व्यक्ति पदमा पुग्दा अग्रगमन अन्यथा प्रतिगमन हुने

सरकारले पटक–पटक संविधानमाथि प्रहार गर्‍योः खाँण

आजबाट ‘द भ्वाइस अफ नेपाल ३’ को

Leave a comment

Your email address will not be published. Required fields are marked *