आजबाट ‘द भ्वाइस अफ नेपाल ३’ को प्रशारण हुँदै

काठमाडौँ । चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल – ३’ को प्रशारण हुँदैछ ।
हिमालय टेलिभिजनबाट बेलुका ८ बजे शो प्रशारण हुन लागेको हो ।
आजबाट केही साता शो–मा ‘ब्लाइन्ड अडिशन’ प्रशारण हुनेछ ।
अडिसनमा गाएर जुन निर्णायकको कुर्सी घुम्छ प्रतिस्पर्धी उनै निर्णायकको समूहमा जानेछन् ।
कार्यक्रममा दिप श्रेष्ठ, राजु लामा, प्रमोद खरेल, तृष्णा गुरुङ निर्णायकको रुपमा रहेका छन् ।
याे कार्यक्रमलाई लक्ष्मण पौडेलले निर्माण गर्दैछन् ।






