२०८३ जेष्ठ ३० गते
×

Now Playing

आपतकालिन स्वास्थ्य सामाग्री तथा आगलागी पीडितलाई राहत

सुर्खेत, ४ जेष्ठ ।
मर्सिकोर नेपालको आर्थिक सहयोग र सुन्दर नेपाल संस्थाको सहकार्यमा सुर्खेत जिल्लाका भकारी कार्यक्रम संचालन भएका बराह गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकामा कोभिड–१९ रोकथाम तथा व्यवस्थापनका लागि स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।

कोरोनाको संक्रमण दोश्रो भेरियन्ट माहामारीका रुपमा समुदाय सम्म बढ्दै गएपछि यसको रोकथाम र व्यवस्थापनका लागि उक्त सामाग्री वितरण गरिएको हो । तीन वटा पालिकामा १७१ बक्स फेस मास्क, ८१ बोत्तल सेनीटाइजर, ३००पिस फेस सिल र ३÷३ पिस पिपिइ गाउन पालिकाका प्रमुख तथा प्रतिनिधिलाई मंगलबार हस्तान्तरण गरिएको हो ।

पालिकामा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई दैनिक आवश्यक पर्ने सामाग्रीहरुले स्वास्थ्यकर्मी सुरक्षित हुनुको साथै सेवाग्राहीहरुलाई पनि संक्रमणबाट बच्न मद्दत पुग्ने पालिकाका प्रमुखहरुले बताउनुभएको छ । उक्त सामाग्रीमात्रात्मक रुपले सानो भएपनि महत्वपूर्ण भएको कुरा मर्सिकोरका कलष्टर कोअर्डिनेटर भिमराज बास्तोलाले बताउनुभयो ।

त्यसैगरी सुन्दर नेपाल संस्थाले चैत्र २६ गते बराहताल गाउँपालिका वडा नं. २ सिस्नेरी टोलमा आगोबाट ९ घर पूर्णरुपले क्षतिभएका र बैशाख ६ गते पञ्चपुरी वडा नं. ९ रागमा ४ घर पुर्णरुपले क्षतिभएको परिवारलाई सहयोग गरेको छ ।

मर्सिकोरको आर्थिक सहयोग र सुन्दर नेपाल संस्थाको साझेदारीमा संचालित भकारी कार्यक्रमको आपतकालिन सहयोग अन्र्तगत निशर्त रुपले प्रति घरधुरी रु.१३५००।(अक्षरुपी तेह्र हजार पाँच सय मात्र) गरी जम्मा १३ घरधुरीलाई १,७५,५००। (अक्षरुपी एक लाखपचहत्तर हजार पाँच सय मात्र) चेकद्धारा हस्तान्तरण गरिएको छ ।

आगलागीबाट पुर्णक्षतिभएका सिस्नेरी र रागका घरपरिवारको लागि हाल खाद्यान्नको संकट परिरहेको र बर्षादको समय पनिआइरहेको हँुदा घर बनाउने कुरामा स्थानीय पालिका वन कार्यालयसंग सहयोगको अपेक्षा रहेको कुरा सिस्नेरीका मनिसरा दर्लामी मगर, कौशिला गन्द्रमा मगरले राख्नुभएको थियो ।

भकारी कार्यक्रमले सुर्खेतका बराहताल, पञ्चपुरी र चौकुने पालिकाहरुमा अन्य कामका लागि नगद, विपद् व्यवस्थापन, बहुउद्देश्य पानी प्रणाली, आपतकालिन खाद्य सुरक्षा लगायत पोषण लैंगक समानतातथा सामाजिक समावेशीकरण सम्बन्धि काम गर्दै आइरहेको कुरा भकारी कार्यक्रमका संयोजक खिम रेग्मीले बताए ।

आपतकालिन स्वास्थ्य सामाग्री तथा आगलागी पीडितलाई राहत

देशभर थपिए ८ हजार २ सय संक्रमित,६

आपतकालिन स्वास्थ्य सामाग्री तथा आगलागी पीडितलाई राहत

दैलेख महाबुका स्वास्थ्यकर्मी औषधि बोकेर गाउँ, गाउँमा

Leave a comment

Your email address will not be published. Required fields are marked *