दैलेखमा बस दुर्घटना एघार जना घाइते

अमर सुनार
दैलेख – सर्खेतबाट दैलेख तर्फ जाँदै गरेको यात्रुवाहक बस गुराँस गाउँपालिका–२ गाईबान्ना नजिक आज दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट दैलेख सदरमुकामतर्फ आइरहेको ना ७ ख ६९६३ नम्बरको बस दुर्घटना हुुँदा यात्रुहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखमा सूचना अधिकारी प्रहरी निरीक्षक इन्द्रजीत सुनारले जानकारी दिनुभयो ।

दुर्घटना लगतै रानीमत्ता प्रहरी चौकीको टोलीले घाइतेहरुको उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पठाइएको र अहिले घाइते ११ जना सबैको उपचार सुरु भएको प्रहरी निरीक्षक सुनारले बताउनुभयो । ती मध्ये २ जनाको अवस्था गम्भीर रहेको उहाँले जानकारी दिनुभयो ।
दुर्घटनामा परेको बसमा २९ जना यात्रु सवार थिए । १८ जना सामान्य चोटपटक लागेका यात्रुहरु स्थानीय मेडिकलमा सामान्य उपचारपछि आआफ्नो गन्तव्यमा हिडिसकेका बताइएको छ । दुर्घटना के कारण भयो भन्ने अहिले नखुलेको र बस चालकलाई प्रहरीले नियन्त्रणमा जानकारी दिइएको छ ।






