अमेरिकामा गर्भपतन सम्बन्धी नीति खुकुलो

काठमाडौं : अमेरिकाले गर्भपतन सम्बन्धी नीति खुकुलो बनाएको छ।

माइफप्रिस्टोन नामक औषधिको प्रयोगमा लगाइएको प्रतिबन्ध हटाएसँगै अमेरिकामा गर्भपतन सहज हुने भएको हो । नयाँ नियम अनुसार गर्भवतीले १० महिनासम्मको गर्भ पतन गराएर ई–मेल मार्फत जानकारी गराई सेवा लिन सक्ने रोयटर्सले जनाएको छ ।

सन् १९७३ को गर्भपतनको अधिकार सम्बन्धी कानून लागू गर्न सर्वोच्च अदालतले दिएको आदेशको पालना गर्दै अमेरिकाको खाद्य तथा औषधि प्रशासनले सो व्यवस्था गरेको हो ।

खाद्य तथा औषधि प्रशासनको निर्णयको स्वागत गर्दै एक जना वरिष्ठ कानूनविद्ले गर्भ तुहिने समस्या भएका महिलालाई सहज हुने बताएका छन् ।

अमेरिकाले सो औषधि प्रयोगमा सन् २००० देखि प्रतिबन्ध लगाइएकामा कोरोना भाइरसको संक्रमणको जोखिमका कारण अस्थायी रुपमा खुला गरिएको थियो ।

अमेरिकामा गर्भपतन सम्बन्धी नीति खुकुलो

भारतमा कोरोना : थपिए सात हजार ९७४

Leave a comment

Your email address will not be published. Required fields are marked *