२०८३ असार २ गते
×

Now Playing

७ वर्षमा ६ विश्वकप : अमेरिका पनि आयोजक

इन्टरनेशनल क्रिकेट काउन्सिल (आइसिसी) ले २०२४ देखि २०३१ सम्म हुने आइसिसीका ठूला इभेन्ट र आयोजकको टुंगो लगाएको छ । यो पाँच वर्षमा ४ टी(२० विश्वकप दुई एकदिवसिय विश्वकप र दुई च्याम्पियन्स ट्रफिको आयोजना हुनेछ ।

मुख्य रूपमा एसोसिएटेड सदस्यका रुपमा रहेको अमेरिका २०२४ को टी(२० विश्वकपमा वेस्टइन्डिज सँगै आयोजकका रुपमा रहने छ  । त्यस्तै पाकिस्तानलाई २०२५ को च्याम्पियनट्रफिको आयोजनाको जिम्मेवारी दिइएको छ ।

पाकिस्तानले २९ वर्षपछि महत्वपुर्ण प्रतियोगिताको आयोजनाको जिम्मेवारी पाएको हो । १९९६ को एकदिवसीय विश्वकपको आयोजना पछि यो पाकिस्तानको दोस्रो अवसर हो ।

त्यस्तै, च्याम्पियन्स ट्रफि २०२९ को आयोजनाको जिम्मेवारी भने भारतले प्राप्त गरेको छ । साथै भारतले २०२६ को विश्वकप पनि श्रीलंकासँग मिलेर गर्न पाउनेछ । साथै भारतलेनै २०३१ को एकदिवसिय विश्वकप बंगलादेशसँग मिलेर आयोजना गर्न पाउने आईसिसीले निर्णय गरेको छ। बाँकी दुई टी(२० विश्वकप भने अस्ट्रेलिया र न्युजिल्यान्डले २०२८ मा आयोजना गर्दा २०३० को विश्वकप इंग्ल्यान्ड, आयरल्यान्ड र स्कल्यान्डमा हुनेछ ।

त्यस्तै, २०२७ को एकदिवसिइ विश्वकप दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा हुने तय भएको छ ।

७ वर्षमा ६ विश्वकप : अमेरिका पनि आयोजक

छिनखेतमा ट्राफिक संकेत बोर्ड निर्माण

Leave a comment

Your email address will not be published. Required fields are marked *