खसेको ढुङ्गा छल्न खोज्दा प्रहरी हवल्दारको मृत्यु

हुम्ला, ३ माघ ।

हुम्लाको चङ्खेली गाउँपालिकास्थित मेल्छाम प्रहरी चौकीमा कार्यरत हवल्दार देवेन्द्र खड्काको माथिबाट खसेको ढुङ्गा छल्न खोज्दा लडेर मृत्यु भएको छ ।

गत पुस २८ गते सुरक्षा गस्तीमा गएको बेला माथिबाट आएको ढुङ्गा छल्न खोज्दा लडेर गम्भीर घाइते भएका प्रहरी हवल्दार खड्काको उपचारका क्रममा काठमाडौँस्थित नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

खसेको ढुङ्गा छल्न खोज्दा प्रहरी हवल्दारको मृत्यु

जुवा खेल्ने क्रममा समन्वय प्रमुखसहित ५ पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *