कर्णालीमा महेन्द्र शाही भन्दा यामलाल कँडेल बढि अपराधी भए : मन्त्री थापा

सुर्खेत । कर्णाली स् कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अम्मरबहादुर थापाले एमालेका नेता यामलाल कँडेलले अपराधिक राजनीति गरेको आरोप लगाएका छन् ।

उनले आफूलाई माओवादी केन्द्रको सरकारमा गएको भन्दै आलोचना गर्नुभन्दा पहिले यामलालले अपराधिकपूर्ण राजनीति गरेको आरोप उनले लगाएका हुन् ।

स्वार्थको राजनीति गर्ने मामिलामा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाही भन्दा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेल बढी अपराधी भएको पनि उनको दाबी छ ।

शनिबार नेकपा एमाले माधव समूहको युवा संगठन युवा संघ नेपालले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रगरमा गरेको कार्यक्रममा बोल्दै मन्त्री तथा एमालेका नेता थापाले सधैं महेन्द्र शाहीलाई राजनीतिक अपराधी भन्ने यामलाल कँडेल बढी अपराधी भएको संज्ञा दिएका हुन् ।

उनले कार्यक्रममा भने,‘यामलाल र केपी ओलीका धेरै प्रतिगमन सहन बाध्य भयौं, फ्लोर क्रस त्यतिकै हुनेवाला थिएन् । उनीहरुको दम्भले गर्दा फ्लोर क्रस भएको हो । अपराधी महेन्द्र शाही होइन, यामलाल कँडेल हो ।’

कर्णालीमा महेन्द्र शाही भन्दा यामलाल कँडेल बढि अपराधी भए : मन्त्री थापा

ओली र राजाले गरेको प्रतिगमन एउटै हो

कर्णालीमा महेन्द्र शाही भन्दा यामलाल कँडेल बढि अपराधी भए : मन्त्री थापा

बिना कपडा सुत्नुका फाइदाहरु

Leave a comment

Your email address will not be published. Required fields are marked *