नेपाल समूहकाे प्रदेशस्तरिय युवा भेला

सुर्खेत । फुटको संघारमै रहेको नेकपा एमालेको माधवकुमार नेपाल समूहले प्रदेशस्तरिय युवाहरुको भेला सम्पन्न गरेको छ । शनिबार वीरेन्द्रनगरमा युवा संघ नेपाल कर्णाली प्रदेश कमिटी र पिपुल्स भोलिन्टियर (पिभि) घोषणा गरेको घोषणा गरिएको ।

भेलालाई सम्बोधन गर्दै नेपाल समूहका कर्णाली प्रदेश संयोजक प्रकाश ज्वालाले संविधानको रक्षा र परिवर्तनको लागि युवाशक्तिहरु एक हुन आवश्यक रहेको बताए । फरक मत राख्ने व्यक्तिको राजनीति नै सिध्याउने अध्यक्ष केपी शर्मा ओली समूह लागेको भन्दै त्यसको विरुद्धमा युवाशक्ति एक हुनुपर्ने बताए ।

पूर्व मन्त्रीसमेत रहेका ज्वालाले ओलीले कम्युनिष्टको नाममा व्यवस्थालाई आघात गर्ने काम गरेको आरोप लगाए । ‘हामीले लडेर ल्याएको गणतन्त्र बहुआयामिक छ । जनप्रतिनिधिमूलक संस्थामाथि केपी ओली र राजा ज्ञानेन्द्रले गरेको प्रतिगमनमा केही फरक छैन ।’

उनले थप भने– ‘राजाले गरेको प्रतिगमन हानिकारक हुने कम्युनिष्टको नाममा ओलीले गरेको प्रतिगमन सुन्दर र लोकतान्त्रिक हुने कुरा हुँदैन । जसरी राजा ज्ञानेन्द्रलाई नारायणहिटीबाट नागार्जुन पु¥याइएको थियो, त्यसैगरी केपी ओलीको प्रतिगमन ढालेर बालुवाटारबाट बालकोटको बार्दलीमा पु¥याइयो ।’

ओलीको प्रतिगमनलाई पराजित गर्न युवाहरुको अहम् भूमिका रहेको तर्क गरे । ओलीको प्रतिगमनको अन्त्य माधव नेपालकै अगुवाइमा भएको जिकिर गरे । ‘ओलीको सोच लोकतन्त्रको पक्षमा थियो कि थिएन भन्ने कुरा उतिबेला नै आन्दोलनको क्रममै पुष्टि भइसकेको थियो ।

राजतन्त्रको विरुद्धमा सडकमा कार्यकर्ता लडिरहेका बेला बालकोटको छतबाट काजू खाँदै ओली भन्दै थिए, बयलगाडा चढेर अमेरिका जान सकिँदैन’ ज्वालाले भने, ‘राजतन्त्र फाल्न असम्भव भन्थे ओली । तर, हामीले फाल्यौँ ।’ ओलीकै कारण एमाले पार्टी संकट परेको उनको आरोप छ ।

भेलालाई पार्टीका नेताहरु अम्मरबहादुर थापा, कुर्मराज शाही, नन्दसिंह बुढा, युवा संघ नेपालका केन्द्रिय नेताहरु संबोधन गरेका थिए । यसैबीच नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल सुर्खेत आउने भएका छन् । आगामी भदौं १७ गते हुने प्रदेशस्तरिय कार्यकर्ता भेलालाई सम्बोधन गर्न नेता नेपाल सुर्खेत आउन थालेका हन् ।

नेपाल समूहले भदौ १७ गते प्रदेशस्तरिय कार्यकर्ता भेलाको आयोजना गरेको छ । सोही भेलालाई मुख्य अतिथिका रुपमा सम्बोधन गर्न उनी सुर्खेत आउने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले जनाए । गाउँ–गाउँमा कार्यक्रमको पूर्व तयारी गर्ने उद्देश्यले नै नेपाल समूहले शनिबार वीरेन्द्रनगरमा युवाहरुको भेला गरेको हो ।

नेपाल समूहकाे प्रदेशस्तरिय युवा भेला

ऋचाले छाडेपछि ‘कमेडी च्याम्पियन २’मा निर्णायक को

नेपाल समूहकाे प्रदेशस्तरिय युवा भेला

ओली र राजाले गरेको प्रतिगमन एउटै हो

Leave a comment

Your email address will not be published. Required fields are marked *