सुर्खेतमा दश बर्षको अवधिमा थपिए २८ हजार नयाँ घरपरिवार

सुर्खेत । २०६८ मा जनगणना हुँदा सुर्खेतमा घरपरिवारको संख्या ७२ हजार थियो । तर यो दश वर्षको अवधिमा जिल्लामा घरपरिवारको संख्या बढेको छ । तथ्यांक अनुसार यो दश वर्षको अवधिमा जिल्लामा २८ हजार नयाँ घरपरिवार थपिएका छन् । हाल जिल्लाभर घरपरिवारको संख्या एक लाखभन्दा बढी पुगेको छ ।

जनगणना कार्यालय सुर्खेतले गत भदौमा गरेको घरधुरी सर्वेक्षण अनुसार सुर्खेतमा २८ हजार नयाँ घरधुरी थपिएको देखाएको हो । तथ्याङ्क कार्यालयका अनुसार पछिल्लो दश बर्षको अवधिमा सुर्खेतमा २८ हजारभन्दा बढी नयाँ घरपरिवार थपिएका छन् । जसमध्ये वीरेन्द्रनगरमा मात्रै ६० प्रतिशत नयाँ परिवार थपिएका हुन् ।

वीरेन्द्रनगर जिल्ला सदरमुकाम तथा प्रदेश राजधानी भएका कारण घरधुरी संख्या बृद्धि भएको कार्यालयले जनाएको छ । सेवा सुविधाका लागि वीरेन्द्रनगरमा बसाई–सराई गरी आउनेको संख्या धेरै छ । वीरेन्द्रनगरमा घरधुरी बृद्धिको मुख्य कारण बसाई–सराई नै भएको तथ्याङ्क कार्यालयको अनुमान छ ।

यद्यपि जनसंख्या बृद्धिका कारण पनि घर थपिने गर्दछन् । वीरेन्द्रनगर बाहेकका क्षेत्रमा घरधुरी बृद्धि हुनुको मुख्य कारण भने जनसंख्या बृद्धि नै भएको कार्यालयले जनाएको छ । घरधुरीमात्रै होइन, यो दश बर्षको अवधिमा जनसंख्या पनि बृद्धि भएको अनुमान तथ्याङ्क कार्यालयले जनाएको छ । २०६८ सालको जनगणनामा सुर्खेतको जनसंख्या कुल तीन लाख ५० हजार आठसय जना थियो ।

तर अहिले नै जिल्लामा बृद्धि भएको जनसंख्याबारे एकीन गर्न नसकिने जिल्ला जनगणना कार्यालय सुर्खेतका प्रमुख पोपनारायण पौडेलेले जनाए । जनसंख्या बृद्धिको आधिकारिक पुष्टि जनगणनापछि मात्रै हुने उनले बताए । हाल सुर्खेतसहित देशभर जनगणना चलिरहेको छ । आउँदो मंसिर ९ गतेभित्र देशभरको जनगणना गरिसक्ने लक्ष्य राखिएको छ ।

जिल्लाभर जनगणना गर्न पाँचसय १८ गणक र एकसय १६ जना सुपरीवेक्षक खटिएका छन् । जसमध्ये वीरेन्द्रनगरमा दुईसय तीन जना, भेरीगंगामा ५८ जना, गुर्भाकोटमा ६० जना, लेकवेशीमा ३८ जना, चिङ्गाडमा १७ जना, सिम्तामा ३१ जना, बराहतालमा ३३ जना, पञ्चपुरीमा ४० जना र चौकुने गाउँपालिकामा २७ जना गणक खटिएका हुन् । त्यस्तै संस्थागत रुपमा थप ११ जना गणकहरु खटिएका छन् ।

ति ११ जना भने सुरक्षा निकायको जनगणना गरिरहेका छन् । शनिबारसम्म सबै स्थानमा जनगणना सहज रुपमा चलिरहेको छ । जनगणनापछि सुर्खेतमा जनसंख्या बृद्धिको संख्या एकीन हुने जनगणना कार्यालयले जनाएको छ ।

वीरेन्द्रनगरमा बने तीन बर्षमा दुई हजार नयाँ घर

यस्तै पछिल्लो तीन बर्षको अवधिमा वीरेन्द्रनगरमा झण्डै दुई हजार नयाँ घर निर्माण भएका छन् । आर्थिक बर्ष २०७५÷०७६ देखि २०७७÷०७८ सम्म झण्डै दुई हजार अर्थात कुल एक हजार नौसय २५ वटा नयाँ घर बनेका हुन् । उनीहरु सबैले पूर्ण रुपमा घर निर्माणको नक्सा पास लिइसकेका छन् ।

वीरेन्द्रनगर नगरपालिकाको तथ्याङ्क अनुसार गत आर्थिक बर्षमा मात्रै वीरेन्द्रनगर आठ सय नयाँ पक्की घर निर्माण भएका छन् । आर्थिक बर्ष २०७७÷०७८ मा झण्डै आठसय अर्थात सातसय ७५ वटा नयाँ घर बनेको वीरेन्द्रनगर नगरपालिकाको भवन तथा वस्ती विकास उपशाखाका सवईन्जिनियर उपेन्द्र लामिछानेले जनाए ।

उनका उनुसार सोही अवधिमा आठसय सय ९० घरले आशिंक नक्सापास गराएका छन् । तिमध्ये आठसय दश वटा घरले पुर्ण नक्सापास गरेका छन् । त्यस्तै आर्थिक बर्ष २०७६÷७७ मा पाँचसय ७५ घर निर्माण भएको छन् । आर्थिक बर्ष २०७५÷७६ मा पनि पाँचसय सय ७५ वटा नै घर निर्माण सम्पन्न भएको नगरपालिकाले जनाएको छ । सोही अवधिमा पूर्ण नक्सापास नौ सय ७४ घरले बनाएका थिए ।

वीरेन्द्रनगर प्रदेश राजधानी बनेसँगै बर्षेनी धमाधम घर निर्माण भईरहेको छन् । रत्नराजमार्गदेखि तल्लो क्षेत्रमा अहिले धमाधम नयाँ घर निर्माण भईरहेका छन् । अव्यवस्थित बसोबारका कारण वीरेन्द्रनगर क्रुप बन्ने खतरा बढेको छ । गुरुयोजनाको मिच्दै वीरेन्द्रनगरको खेतीयोग्य जमिनमा घर तथा भवन निर्माणका लागि धमाधम पलटिङ गर्नेक्रम बढ्दो छ । खेतियोग्य जमिन मासिदा कृषि उत्पादन घट्ने निश्चित छ ।

सुर्खेतमा दश बर्षको अवधिमा थपिए २८ हजार नयाँ घरपरिवार

प्रधानन्यायाधीश जबरा आज पनि वैकल्पिक बाटोबाट अदालत

सुर्खेतमा दश बर्षको अवधिमा थपिए २८ हजार नयाँ घरपरिवार

‘भिनाजुले बाटो देखाएपछि निजामति क्षेत्रमा आएँ’

Leave a comment

Your email address will not be published. Required fields are marked *