समाजसेवी बस्नेत गरे १३ वटा सिलिन्डर सहयोग

प्रचण्ड खत्री

रुकुम पशिम । यतिबेला देशमा कोरोना भाईरसले आक्रान्त बनाइरहेकाे छ । धेरै जसो निजि र सरकारी अस्पतालमा अक्सिजनको अभाव भैरहेको बेला रुकुम पशिमका एक ब्यापारी तथा समाजसेबी प्रकाश बस्नेतले जिल्ला अस्पताल रुकुम पशिमलाई १३ वटा अस्सिजनका सिलिन्डर सहयोग गरेका छन ।

मुसिकोट नगरपालिका ५ सोलाबाङमा बस्नेत वर्कसब संचालन गरेका प्रकाश बस्नेतले आफ्नै लगानिमा सहयोग गरेको बताए । आफु संग केहि सिलिन्डर रहेको र बाकि आफ्नै लगानीमा किनेर सहयोग गरेको उहाको भनाई छ ्र जिल्ला अस्पताल रुकुम पशिममा सिलिन्डर अभाबका कारण बिरामीको उपचार गर्न नसकेको कोरोणा फोगल पर्सन ईश्वर रावलले बताए ।

अहिले दैनिक ५० भन्दा माथि कोरोणाका बिरामी आउने गरेको र उनीहरुको उपचारमा अस्सिजनको अभाब भएपछी बिरामीको ज्यान समेत जाने गरेको जिल्ला स्वास्थ्य कार्यालय रुकुम पश्चिमले जनाएको छ । अस्सिजन अभाब नहोस भन्ने उदेश्यले सहयोग गरेको बस्नेतले बताए । प्रकाश बस्नेतले बाफिकोट गाउपालिकालाई पनि अक्सिजन सिलिन्डर सहयोग गर्ने बताएका छन ।

यसैबीच रुकुम पुर्ब सिस्ने गाउपालिकाले पनि जिल्ला अस्पताल रुकुम पशीमलाई पनि अक्सिजन सिलिन्डर सहयोग गरेको छ । ५० लिटर क्षमताका ५ वटा सिलिन्डर सहयोग गरेको गाउपालिका अध्यक्ष कुमारी बरालले बताईन । अक्सिजनको अभाव भइ अस्पतालको बेडमा छट्पटी रहेका बिरामीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी अक्सिजन सहयोग गरेको अध्यक्ष बरालले बताईन ।

समाजसेवी बस्नेत गरे १३ वटा सिलिन्डर सहयोग

जिल्लाहरुमा प्लान्ट जडान नहुँदा प्रदेश अस्पतालले पनि

समाजसेवी बस्नेत गरे १३ वटा सिलिन्डर सहयोग

बुढाबुढीको झगडामा छोराको गुहार माग्दा छोराले बाबुको

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds