बुढाबुढीको झगडामा छोराको गुहार माग्दा छोराले बाबुको हत्या गरे

दैलेखमा छोराले बञ्चरो प्रहार गरी बाबुको हत्या गरेका छन् । दैलेखको डुंगेश्वर गाउँपालिका वडा नम्बर ६ डुंगेश्वर बजारमा शुक्रबार यो घटना भएको हो । प्रहरीका अनुसार डुङगेश्वर बजारका २१ वर्षीय विकाश बुढाले आफ्नै बाबु ४७ वर्षीय नकुल बुढाको हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक इन्द्रजित सुनारले नकुलको टाउकोको पछाडी र ढाडमा बन्चरो प्रहार भएको बताए । उनले  भने, ‘बञ्चरो प्रहारबा घाइते नकुलको शुक्रबार अपराह्न सवा ३ बजे उपचारका क्रममा मृत्यु भएको छ।’ उनका अनुसार डुंगेश्वरस्थित मेडिकलमा उपचारको क्रममा नकुलको मृत्यु भएको हो ।

प्रहरीले हत्या आरोपमा विकाशलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ। प्ररही निरीक्षक सुनारले भने, ‘बाबुआमाको झगडामा यो घटना भएको प्रारम्भिक जानकारी पाएका छौं।’ उनका अनुसार बाबुआमाको झगडा हुँदा आमाले छोरा गुहारेकी थिइन्। त्यसपछि छोराले बञ्चरो प्रहार गरेका थिए ।

बुढाबुढीको झगडामा छोराको गुहार माग्दा छोराले बाबुको हत्या गरे

समाजसेवी बस्नेत गरे १३ वटा सिलिन्डर सहयोग

बुढाबुढीको झगडामा छोराको गुहार माग्दा छोराले बाबुको हत्या गरे

२०३ संक्रमितको मृत्यु, ६ हजारबढी संक्रमणमुक्त

Leave a comment

Your email address will not be published. Required fields are marked *